आजबाट नेपालगन्जमा खाद्य मेला


बाँके : नेपालगन्जमा खाद्य मेला २०७५ आज बिहिवारबाट शुरु हुने भएको छ । “परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं” भन्ने मूल नाराका साथ नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले मेला आयोजना गर्न लागेको छ ।
मेला यहि मंसिर २८ गतेदेखि पुष १ गतेसम्म लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ । मेला नेपालगन्जको रामलिला मैदानमा तीन दिनसम्म सञ्चालन हुनेछ । २०७३ सालदेखि निरन्तर सञ्चालन हुन लागको खाद्य मेलामा ६० वटा स्टलमा विभिन्न जातजातिहरुको मौलिक परम्परागत पोषणयुक्त खाद्यपदार्थको स्टल, स्थानीय उद्योगहरुबाट उत्पादित खाद्य पदार्थहरुको प्रदर्शनी तथा विक्रीस्टल, होटल रेष्टुरेन्ट व्यवसायीक स्टल आदि रहने जनाइएको छ ।
स्टल निःशुल्क रुपमा राख्न पाइने र मेलामा सर्वसाधारणलाई पनि प्रवेश निःशुल्क रहने आयोजक खाद्य गुण नियन्त्रक कार्यालय नेपालगन्जका वरिष्ट कार्यालय प्रमुख ज्योत्स्ना श्रेष्ठले बताइन । ‘विभिन्न विधामा उत्कृष्ट स्टलहरुलाई पुस्कृत गरिने छ’, कार्यालय प्रमुख श्रेष्ठले भनिने,–‘मेलामा विभिन्न जातजातिहरुका मौलिक पहिरन सहितका झाँकीहरुको प्रदर्शनीका साथै प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता सहितको साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिने छ ।’ उनले नृत्य प्रतियोगितमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने पनि जानकारी दिइन ।


प्रकाशित मितिः     २८ मंसिर २०७५, शुक्रबार ०७:४०  |
error: Content is protected !!