बाँके : नेपालगन्ज हुँदै भारततर्फ कालोमरिच चोरी निकासी हुने गरेको पाईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले इलाका प्रहरी कार्यालय जमुनाहको सहकार्यमा बिहिवार राती जमुनाह गाउँ पछाडीबाट ठुलो मात्रामा कालोमरिच बराद गरेको छ ।
भन्सार छलेर भारततर्फ निकासी गर्ने उदेश्यले खाली जमिनमा लुकाईराखेको अवस्थामा मरिच बरामद भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक नारायाण डाँगीले जानकारी दिएका छन् । उनका अनुसार बरामद मरिच एक हजार दुई सय ५ केजि परिणामको रहेको छ । उक्त मरिचको बजार मुल्य चार लाख ८२ हजार बराबरको रहेको छ । बरामद मरिच नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको छ । सोह ठाउँबाट प्रहरीले लेडिज फाउण्डेशन क्रिम छ पेटी बरामद गरेको
छ । यसको बजार मुल्य एक लाख ६८ हजार बराबरको छ ।
अवैध चोरी निकासी नियन्त्रण गर्नका लागि वडा प्रहरी कार्यालयले मोवाईल गस्तिटोली परिचालन गरेको प्रहरी निरिक्षक डाँगीले जानकारी दिएका छन् ।
वडा प्रहरी कार्यालयले बिहिवार नै भारतबाट अवैधरुपमा नेपाल भित्रा्ईएको पर्दा, काँचो कपडा, लेडिज सुट समेत बरामद गरेको छ । अवैध चोरी निकासी नियन्त्रण गर्नका लागि वडा प्रहरी कार्यालयले मोवाईल गस्तिटोली परिचालन गरेको प्रहरी निरिक्षक डाँगीले जानकारी दिएका छन् ।