बाँके : नेपालगन्जमा खाद्य मेला सुरु भएको छ । “परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं” भन्ने मूल नाराका साथ नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले मेला आयोजना गरेको हो ।
मेला यहि मंसिर २८ गतेदेखि पुष १ गतेसम्म लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ । मेला नेपालगन्जको रामलिला मैदानमा तीन दिनसम्म सञ्चालन हुनेछ । २०७३ सालदेखि निरन्तर सञ्चालन हुन लागको खाद्य मेलामा ६० वटा स्टलमा विभिन्न जातजातिहरुको मौलिक परम्परागत पोषणयुक्त खाद्यपदार्थको स्टल, स्थानीय उद्योगहरुबाट उत्पादित खाद्य पदार्थहरुको प्रदर्शनी तथा विक्रीस्टल, होटल रेष्टुरेन्ट व्यवसायीक स्टल आदि छन् ।
मेलामा सर्वसाधारणलाई पनि प्रवेश निःशुल्क रहेको आयोजक खाद्य गुण नियन्त्रक कार्यालय नेपालगन्जका वरिष्ट कार्यालय प्रमुख ज्योत्स्ना श्रेष्ठले बताइन । मेलाको उद्घाटन सत्रमा बिभिन्न सांस्कृतिक झांकी देखाईएको थियो । बिभिन्न उद्योगका उत्पादनले छुटको समेत व्यवस्था गरेका छन् ।