बुलगारी परियोजना अन्र्तगत नेपालगन्ज उपमहानगरका ४० युवालाई उद्यमी बनाइदै


बाँके : सामाजिक विकास मन्चले युवा सशक्तिकरण बुलगारी परियोजना अन्र्तगत सन् २०१९ मा नेपालगन्ज उपमहानगरपालिका भित्र ४० जना युवाहरुलाई उद्यम सम्बन्धी प्रशिक्षण दिने भएको छ । उद्यमका क्षेत्रमा सक्रिय बनाउनका लागि प्रशिक्षणदेखि उद्यमका लागि आवश्यक सहुलियत ऋणको समेत व्यवस्था गरिनेछ ।
सेभ द् चिल्डे«नको सहयोगमा सन्चालन हुने उक्त कार्यक्रमका लागि युवाहरुको छनौटको काम सुरु गर्न लागिएको छ । बिभिन्न वडा कार्यालयको समन्वयमा उद्यमका लागि तालिम लिने युवाहरुको छनौट गर्ने तयारी भइरहेको छ । सामाजिक विकास मन्चका जिविकोपार्जन अधिकृत भुपाल सिंह बोहराले आगामी आर्थिक वर्षका लागि चालिस युवाहरुको छनौट गरिने त्यसरी छनौट गरिएका युवाहरुलाई लद्यु उद्यम तालिम दिइने जानकारी दिए । लद्यु उद्यम तालिम लिएका मध्येबाट पनि २२ जना युवाहरुलाई ३ महिना व्यवसायिक तालिम दिइने बोहराले जानकारी दिए ।


सन् २०१६ बाट सन्चालन भएको कार्यक्रम अन्र्तगत हालसम्म ३ महिने तालिम ८६ जनाले लिइसकेका छन् । त्यस मध्ये ५९ जना उद्यममा क्रियाशिल छन् । अहिले धेरै युवाहरु स्वरोजगारको बाटोमा लाग्न सफल भएको बोहराले जानकारी दिएका छन् । कपाल काट्ने काम देखि च्याउ उत्पादनको कामसम्ममा युवाहरु सक्रिय छन् । ३ महिने तालिम लिएका युवाहरुलाई थोरै ब्याजदरमा ऋण सहयोग समेत हुँदै आएको छ । शुक्रबार मात्र नेपालगन्जमा आगामी तालिम सन्चालनका लागि सम्भावित युवाहरुसंग छलफल गरिएको छ ।

प्रकाशित मितिः     २८ मंसिर २०७५, शुक्रबार १९:४१  |