बाँके : पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजाले आफ्नो सेवा बर्दियामा समेत बिस्तार गर्ने भएको छ । बर्दियाको पर्यटकियक्षेत्र ठाकुरद्धारामा सेन्ट्रल प्लाजा जङ्गल रिर्सोटका रुपमा आगामी १५ महिना भित्र सन्चालनमा आउने होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देब अर्यालले जानकारी दिएका छन् ।
कोहलपुरमा तारे होटल सफलतापूर्वक सन्चालनमा ल्याएर आफुलाई अब्बल सावित गरेका अर्यालले बर्दियाको ठाकुरद्धारामा रिर्सोट सन्चालनमा ल्याउने भएपछि उक्त क्षेत्रको आर्कषण बढ्नुका साथै स्वदेशी तथा बिदेशी पर्यटकले खोजेजस्तो सुविधा पाउने भएका छन् । ‘
‘बिशिष्ट सेवा प्रदान गर्ने गरी रिर्सोट निर्माणको काम सुरु भएको छ ।। सेन्टर प्लाजाको ब्राण्ड सबै माझ पु¥याउने योजना अनुसार सेवा बिस्तार गर्न लागेका छौं । सबैको साथ र सहयोगको अपेक्षा छ ।
देव अर्याल, प्रबन्ध निर्देशक, होटल सेन्ट्रल प्लाजा
प्रबन्ध निर्देशक अर्यालका अनुसार, आगामी १५ महिनाभित्र रिर्सोट सन्चालनमा ल्याउने गरी काम सुरु भएको छ । शुक्रबार भुमिपुजन समेत गरिएको छ ।
‘बिशिष्ट सेवा प्रदान गर्ने गरी रिर्सोट निर्माणको काम सुरु गरेका छौं ।’– प्रबन्ध निर्देशक अर्यालले भने,–‘सेन्टर प्लाजाको ब्राण्ड सबै माझ पु¥याउने योजना अनुसार सेवा बिस्तार गर्न लागेका छौं । सबैको साथ र सहयोगको अपेक्षा छ ।’ बन्न लागेको रिर्सोट ३६ कोठा सहित रेष्टुरेण्ट,बार, स्वीमिङ्क पुल, सय जना बढि अट्ने सभाहल हुनेछ । नेपाली शैलीको घर डिजाईन गरिएको छ भने त्यससंगै थारु समुदायको संस्कृति झल्किने गरी निर्माण काम सुरु भएको छ ।
उक्त रिर्सोट सम्भवत ठाकुरद्धाराकै सबैभन्दा ठुलो र आर्कषक हुने छ । होटल संचालन भएको छोटो अवधिमा नै सेन्टर प्लाजा होटलले आईएसओ मान्यता पाएको हो । सेन्टरप्लाजा होटल अन्तर्रा्ष्टिय मान्यताप्राप्त होटल भएको छ ।