गृहणी सहकारीद्धारा ३ करोड २७ लाख कर्जा प्रवाह


बाँके :  गृहणी बहुउदेश्यी सहकारी संस्था लिमिटेड नेपालगन्जले आफ्नो ११ औं साधारणसभा सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता अजय पाठकले गरेका थिए । अध्यक्ष पाठकका अनुसार उक्त सहकारीले हालसम्म ३ करोड ५५ लाख २ हजार ९ सय बचत गरेको छ भने ३ करोड २७ लाख ५३ हजार ऋण लगानी गरेको छ ।
साधारणसभामा उत्कृष्ट बचतकर्ताका रुपमा तारा केसी, सनव अहिब अलि हल्वाई, उत्कष्ठ व्यवसायीक सम्मानमा इमरान शेष, ज्येष्ठ नागरिक सम्मान पटनदिन कुर्मीलाई दिईयो । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा दिपिका थापा र हरिलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः     १९ पुष २०७५, बिहीबार १६:५२  |