प्रज्ञा प्रतिष्ठानमा एलबी क्षेत्री : कप्तान १९९८ बिमोचन हुँदै, नेपालगन्जमा फिल्म फेस्टिवलको तयारी


नेपालगन्ज :  क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री ः कप्तान १९९८’ आज बिमोचन गर्दै छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो ।
नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए । क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले ‘एलबी क्षेत्री : कप्तान १९९८’ मा नेपाली क्रिकेटको इतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको बताएका छन् । पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेखेका हुन् । आज राजधानी काठमाण्डौंमा बिमोचन हुँदै छ ।


यस्तै आज नेपालगन्जमा शुक्रबारदेखि दोस्रो नेपाल इन्डीपेन्डेन्ट फिल्म फेस्टिवल(निफ) सुरु हुने भएको छ । भेरी प्राविधिक शिक्षालयमा दुइ दिन सम्म चल्ने फेस्टिवबलमा २१ फिल्म देखाइनेछ । अन्तरालको आयोजना र बागेश्वरी असल शासन क्ल्ब(बास)को सहआयोजनामा हुने फेस्टिवलमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, ४ घण्टा, सेक्रेट्स अफ धौलागिरी, असल गुरु, बिपतसँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड, ब्लाइन्ड रक्स फिल्म समावेश गरिएको छ ।

प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार ०८:०४  |