‘कप्तान १९९८’ बिमोचनमा जे देखियो…


तस्बिर : भिजनखबरबाट

बाँके :  लामो प्रतिक्षा पछि शुक्रबार राजधानी काठमाण्डौंमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको छ । क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ शुक्रबार विमोचन गरिएको हो । उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्यले सार्वजनिक गरेका हुन् । पुस्तक विमोचन कार्यक्रममा लेखक तथा पुर्व कप्तान क्षेत्रीले आफ्नो आत्माले जे देख्यो त्यो लेखेको बताए । उनले भने, ‘जुन कुरा मैले बुझेँ, देखेँ, हेरे त्यो कुरालाई लिपिबद्ध गर्ने जमर्को गरेको छु ।’ क्षेत्रीले थपे ‘म बंगालमा पढेँ, हुर्किए । जीवनको चुनौती एकातिर, खेल जीवन अर्को्तिर । त्यो बेला कस्तो समस्या आएको थियो । त्यो कुरालाई समेटेको छु ।

त्यस्तै, नेपालका पूर्वकप्तान पवन अग्रवालले यो किताबले खेलाडीलाई प्रोत्साहन पुग्ने दाबी गरे । कार्यक्रममा नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाली महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले यो किताबले नेपाली क्रिकेटको बारेमा धेरै कुरा बताउने भन्दै साहसिक कदम चालेको बताए । पूर्वकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानको भूमिका निर्वाह गरेका थिए । उनी नेपालको पहिलो उपकप्तान समेत हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को विवाद अन्त्य गर्नका लागि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको सदस्य रहंदै महत्वपूर्ण भूमिका निर्वाह गर्दै गरेका पूर्वकप्तान क्षेत्रीले नेपाली महिला क्रिकेटको विकास गर्न ठूलो योगदान दिएका छन् । नेपाली खेलकुद जगतमा यो दोस्रो पुस्तक हो भने क्रिकेटमा पहिलो हो । यसअघि भारोत्तोलन खेलाडी सुरेन्द्र हमालले आफ्नो आत्मकथा ‘ओलम्पियन’ निकालेका थिए ।


क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री ः कप्तान १९९८’ आज बिमोचन गर्दै छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो ।
नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्रा्िष्ट्रय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टिमका कप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए । क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले ‘एलबी क्षेत्री स् कप्तान १९९८’ मा नेपाली क्रिकेटको इतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको बताएका छन् । पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेखेका हुन् ।

प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार २०:०४  |