शनिवारको दिन रानीतलाउलाई नियाल्दा…..


बाँके :  रानी तलाउ पार्क यतिबेला आगन्तुकहरुबाट खचाखच भरिएको छ । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मको घुँइचो देख्न पाईन्छ । कोही बोटिङ्ग गरिरहेका हुन्छन् त कोही पिङ्ग खेलिरहेको देख्न पाईन्छ । सेल्फी खिच्ने युवायुवतीको कमी छैन । कोही तलाउमा रहेका माछालाई केही खानेकुरा दिएर मनोरन्जन लिइरहेको भेट्न सकिन्छ । घाम तापेर दिन काट्नेको पनि कमि छैन । मम्फलीदेखि चाटको स्वाद लिनेहरुलाई हाइसन्चो छ । जति पनि ठेलाहरु भ्ेट्न सकिन्छ । बर्षौसम्म बन्द रहेर सन्चालन भइरहेको रानी तलाउमा शनिवार खास रौनक देख्न पाईन्छ । कर्मचारीका अनुसार शनिवार टिकट काट्को संखया पाँच सयसम्म पुग्छ । एउटा टिकटको मुल्य छ रुपैया छ भने बोेटिङ्ग गरेको रु २५ लाग्छ । रानी तलाउ शनिबार बिदा मनाउने गन्त्व्य बनेको त छ नै स्थानीयलाई रोजगारी पनि दिएको छ । अहिले धेरै स्थानीय युवाहरुले रोजगारी पाएका छन् ।


 

प्रकाशित मितिः     २१ पुष २०७५, शनिबार १८:०५  |
error: Content is protected !!