खसी ब्यापारमा पुरुषको ‘सिन्डिकेट,’ महिला कृषकलाई चुनौती


बाँके : खसी, बाख्रा व्यवसायका क्षेत्रमा रहेको सिण्डिकेटले महिला कृषकहरुलाई समस्या पारेको छ । सिण्डिकेट चलाउनेहरुका कारण व्यवसायिकरुपमा महिलाहरुले आफुले पालेका खसी,बोकाको बिक्री बितरण, सही मुल्यांकन र उचि मुल्य तोक्न सकिरहेका छैनन् ।
पछिल्लो समय बिभिन्न संघसंस्थाहरुको सहयोगमा महिलाहरुले व्यवसायिकरुपमा खसी बोका पालेका छन् । हेफरको सहयोगमा बाँके र बर्दियाका महिला समुहले मात्र लाखौं रुपैया यसै व्यवसायबाट आम्दानी गरिरहेका छन् । सामाजिक उधमी जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष तथा सो केन्द्र सञ्चालक गंगा चन्द ठकुरीले हेफरको सहयोगमा आर्थिक बर्ष २०७२र०७३ देखि बाख्राको कारोबार सुरु गरेको जानकारी दिदै आर्थिक वर्ष २०७२र०७३मा १ हजार २ सय २९ खसी, आर्थिक वर्ष ०७३र०७४ मा २ हजार २ सय ३५ र आर्थिक वर्ष ०७४र०७५ मा ४ हजार ५ सय ९ खसि संकलन गरी बिक्रि गरेको जानकारी दिनुभएको थियो । गंगाले बजारीकरणमा सहकारीले भोगेका चुनौती र झमेला आईपरेकाले सम्वन्धीत निकायले यसतर्फ ध्यान दिन आग्रह गरेकी छन् ।
ढकेरीमा एक पटकमा ५ सय खसी बाख्रा राख्न मिल्ने नमुना केन्द्रको रुपमा विकास गरिएको निर्माण गरिएको यसलाई बिस्तार गरि उक्त केन्द्रमा खसीरबाख्राको संख्यामा बृद्धि गर्दै व्यावसाय सञ्चालन गर्ने र आगामि २ वर्ष भित्रमा केन्द्रमा वार्षिक ३० हजार बढी खसी संकलन गरी विक्रि बितरण गर्ने योजना रहेको छ ।
महिलाहरु यसरी संगठित भएर पशुपालन व्यवसाय गरेपनि पुरुष मात्र हावी भएको खसीबोका बिक्री बितरण प्रणाली चुनौतीपुर्ण बनेको हेफरका एशोसियट निर्देशक दुर्गा केसीले बताए । थोरै मात्र मानिसहरुको कब्जामा रहेको राजधानी काठमाण्डौंको खसीबोका बिक्री केन्द्रहरु चुनौतीपुर्ण बनेको उल्लेख गरेका छन् । नीतिगत तहबाट यस्ता एकाधिकार तोड्नुपर्ने केसीले सुझाव दिएका छन् ।


प्रकाशित मितिः     २२ पुष २०७५, आईतवार १८:१९  |
error: Content is protected !!