बाँके : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले भेरी अन्चल अस्पतालको भौतिक पुर्वाधार तथा सेवा सुविधा बृद्धिका लागि रु ७ करोड २० लाख ८० हजार थप बजेट बिनियोजन गरेको छ । प्रदेश सरकार आर्थिक वर्ष २०७५ र २०७६ को बजेटका अतिरिक्त सामाजिक विकास मन्त्रालयले उक्त बजेट थप गरेको हो ।
सामाजिक विकास मन्त्रालयको मंसिर १९ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार भेरी अन्चल अस्पताल लगायत प्रदेशको अन्य अस्पताललाई थप रकम बिनियोजन गरिएको छ । बुटवलको लुम्बिनी अस्पताल, राप्ती अस्पताल तुलसीपुर, आयुर्बेद चिकित्सालय बिजौरी दांगलाई थप रकम बिनियोजन गरिएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार भेरी अन्चल अस्पताललाई मेशिनरी तथा औजार मर्मत सम्भार तथा सन्चालन खर्च ( सिटिस्क्यान मेशिन मर्मत) शिर्षकमा ३६ लाख थप बिनियोजना गरिएको छ । त्यस्तै निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च, इलेक्टिक वायरिंग ,मर्मत प्रसुतीवाडको गुणस्तर सुधारका लागि रु एक करोड १५ लाख बिनियोजन गरिएको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाले भेरी अन्चल अस्पतालको चौतर्फी विकास र सेवा सुधारका लागि बिनियोजन गरिएको रकम सही ठाउँमा प्रयोग हुनुपर्ने बताईन । अन्य कुन कुन शिर्षकमा रकम बिनियोजना गरिएको छ, हेर्नुहोस् ।