हिम अटो नेपालगन्जलाई ‘बेष्ट डिलर अवार्ड’, श्रेष्ठले भने,–‘सबैप्रति आभारी छौं’


नेपालगन्ज : हुन्डाई मोटरको नेपालगन्जस्थित आधिकारिक बिक्रेता हिम अटो डिष्ट्रिव्युटर्सले ‘बेष्ट डिलर अवार्ड’ प्राप्त गरेको छ । हिम अटोको प्रमुख रबिन्सन श्रेष्ठलाई पिलिपिन्समा आयोजित भब्य कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरिएको छ ।
हुन्डाई मोटरको देशभरका डिलरहरुमा नेपालबाट हिम अटो उत्कृष्ट भएको हो । फिलिपिन्समा आयोजित वार्षिक डिलर सम्मेलन २०१९ मा हुन्डाई मोटरका तर्फबाट हिम अटोलाई उक्त अवार्ड हात पारेको हो । अवार्ड प्राप्त पछि श्रेष्ठले आफ्नो टिम र सेवाग्राहीहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे ।


प्रकाशित मितिः     २४ पुष २०७५, मंगलवार ०८:३०  |
error: Content is protected !!