अब गुड्छ सुजुकीको बर्गम्यान स्कुटर


नेपालगन्ज :  सुजुकी कम्पनीले ल्याएको नयाँ सुजुकी स्कुटर बर्गम्यान अब नेपालगन्ज लगायत पश्चिम नेपालको सडकमा पनि गुड्ने भएको
छ । सुजुकी कम्पनीको नेपालगन्जस्थित आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले औपचारिकरुपमा भोली बुधवार उक्त स्कुटर को चावी आफ्ना सेवाग्राहीलाई हस्तान्तरण गर्दै छ । साथै कम्पनीले सचेतना कार्यक्रम पनि गर्ने तयारी गरेको छ ।
सुजुकी स्कूटर तथा बाईक नेपालगंज को लागी आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले बाकेको नेपालगंजमाँ लामो समयदेखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरको नेपालगंज बजारमाँ बिक्री बितरण गर्दै आएको छ । नेपाल ट्रेड इन्टरनेशनलले नेपालगंज माँ रहेको आफ्नो सुजुकी शोरुमबाट बुधवार साढे ११ बजे पत्रकार सम्मलेन सहित सुजुकी स्कूटर बर्गम्यान १२५ सीसी र्याली तथा ट्राफिक अवारनेस कार्यक्रम आयोजना गर्ने भएको हो । साथै नया सुजुकी स्कूटर बर्गम्यान किन्ने ग्राहकलाइ चाबी हस्तान्तरण गर्ने कुरा नेपाल ट्रेड इन्टरनेशनल का निर्देशक पुष्कल नेपाल ले जानकारी दिए ।


प्रकाशित मितिः     २४ पुष २०७५, मंगलवार १८:३३  |
error: Content is protected !!