बिदेशी बिज्ञले सिकाउँदै छन् मासु कटिङ्गदेखि प्रशोधनसम्म


बाँके :  बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ मा मासु प्रशोधन केन्द्रमा यतिबेला प्रशिक्षार्थीहरु मासु कसरी काट्नेदेखि मासुको अन्य व्यवस्था कसरी गर्ने भन्ने विषयमा सिकिरहेका छन् । परम्परागतरुपमा गर्दै आएको काम भएपनि बिदेशी बिज्ञले दिएको प्रशिक्षण सिक्न प्रदेश नम्बर ५ का १० जिल्ला र ललितपुर उपमहानगरपालिकाबाट प्रशिक्षार्थीहरु सहभागि भएका छन् ।
यस्तो अन्र्तराष्ट्रिय स्तरको मासु सम्बन्धि तालिमको आयोजना फ्रे हाईजेनिक फुडले गरेको छ । प्रदेश ५ को कृषि मन्त्रालयले सहयोग गरेको उक्त तालिमको एक कार्यक्रमका बीच प्रदेशकी कृषि मन्त्री आरती पौडेलले उद्घाटन गरिन । कृषि क्षेत्रमा आधुनिकिरण भित्रिनु राम्रो भएको पौडेलले बताईन ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले कृषिक्षेत्रलाई आफ्नो गाउँपालिकाले उच्च प्राथमिकता दिएको बताएका थिए । अन्र्तराष्ट्रिय मासु सम्बन्धि तालिमको उदेश्य कृषिलाई व्यवसायिकरण गर्ने र आधुनिकिकरण गर्दै लैजाने गरेको आयोजक फ्रेस हाईजेनिकका प्रबन्ध निर्देशक दिपेन्द्रकुमार जोशीले जानकारी दिए ।
जोशीका अनुसार तालिममा प्रदेश नम्बर ५ का दश जिल्लाबाट १५ जना र ललितपुर उपमहानगरपालिकाबाट दुई जना सहभागि छन् । यस्तै वातावारण बिज्ञको सहभागिता छ । स्वीजरलेण्डका बिज्ञहरुले प्रशिक्षण दिइरहेका छन् । तीन दिने प्रशिक्षणमा मासु प्रशोधन, खसी, बंगुर काट्ने, मेशिन उपकरण, मासु ढुवानी, फोहोर व्यवस्थापन लगायतको प्रशिक्षण दिने काम भइरहेको छ । यस्तो तालिम बिगतमा पनि सन्चालन भएको र आगामी दिनमा पनि सन्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः     २४ पुष २०७५, मंगलवार १९:१८  |