बैंकबाट कर्जा लिदै हुनुहुन्छ ? यी विषयमा ध्यान दिनुहोस्


कुनै व्यक्ति वा संस्थाबाट निश्चित समयपछि ब्याज सहित साँवा फिर्ता हुने शर्तमा लिइने रकम ऋण हो । बैंकबाट लिइने ऋणलाई बैंक कर्जा भनिन्छ । कुनैपनि मानिसले व्यवसाय तथा उद्यम गर्न, घर, जग्गा, गाडी खरिद गर्न लगायतका कामका लागि ऋण लिने गर्दछन् ।

परम्परागत रुपमा साहुमहाजनबाट कर्जा लिने प्रचालन थियो । तर पछिल्लो समय कर्पोरेट रुपमा विकसीत हुँदै गएको बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा तथा ऋण उपलब्ध गराउँदै आएका छन् । बैंक तथा वित्तीय पहुँच भएका ठाउँमा आवस्यक धितो राखि वा नराखि कर्जा लिन पाउने व्यवस्था वित्तीय संस्थाहरुले गरेका कारण कर्जाका विषयमा सबैले जानकारी लिनु आवस्यक छ ।

बैंकबाट कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु 
तिर्न सक्ने क्षमता अनुसारको कर्जा माग गर्ने ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त वित्तीय संस्थाहरुबाट मात्र ऋण लिने ।
ब्याजदरका विषयमा ध्यान दिने । कम ब्याजदर भएका वित्तीय संस्थाबाट ऋण लिने ।
धितो राख्न मिल्ने सम्पत्तीको उचित मुल्याङ्कन गर्ने ।
ब्याजका अतिरिक्त थप शुल्कमा ध्यान दिने ।
ऋण प्रकृया सरल भएको र किस्ता बुझाउन ढिलो भएको अवस्थामा लाग्ने जरिवानाका विषयमा जानकारी राख्ने ।
साँवा र ब्याजको किस्ता कहिले र कति रकम बुझाउनु पर्ने हो स्पस्ट हुनुहोस् ।
आम्दानी हुने कामका लागी मात्र ऋण लिनुहोस् । उपभोगका लागि ऋण लिने बानी नगर्नुहोस् ।
कर्जा लिएर लगानी गरेको संस्थाबाट तत्काल आम्दानी नहुने हो भने ऋणको साँवा र ब्याज भुक्तानी कसरी गर्ने योजना बनाउनुहोस् ।
भविश्यमा ऋण चुक्ता गर्न नसकेमा एकाघर परिवारको समेत दायित्व हुने भएकाले परिवारका सदस्यहरुसँग समेत सल्लाह गर्नुहोस् ।  www.bankingkhabar.comबाट

प्रकाशित मितिः     २५ पुष २०७५, बुधबार ०७:४३  |