करार खेती अनुदानका लागि अपेक्षाकृत निवेदन नपरेपछि म्याद थप गरियो


बाँके :  भुमिहिन किसानको आयस्तर बृद्धिका लागि प्रदेश ५ सरकारले ल्याएको करार खेती अनुदान कार्यक्रमप्रति किसानहरुले रुची देखिएन ।
करार खेती अनुदानका लागि प्रदेश सरकारको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले माग गरेको निवेदनको समयसिमा सकिए पनि अपेक्षा गरिए अनुसार निवेदन नआएपछि फेरी म्याद थप्नुपरेको कृषि मन्त्री आरती पौडेलले जानकारी दिएकी छन् । प्रदेश कृषि मन्त्रालयले पुस २२ गते पुन सूचना प्रकाशन गरी निवेदन दिने समय माघ छ गतेसम्म थप गरेको छ ।
करारत खेती अनुदानका लागि कृषि मन्त्रालयले असोज २५ गते तीस दिने सुचना जारी गरी निवेदन माग गरेको थियो । उक्त समयसिमा भन्दा पनि अझ धेरै दिन बित्दा समेत अपेक्षा गरिए अनुसार निवेदन नआएपछि मन्त्रालयले पुन निवेदन माग गर्दै दोस्रो चरणको सूचना जारी गरेको हो ।
प्रदेश सरकारले भूमिहिन कृषकहरुको आयस्तर बृद्धि गर्न, बाँझो रहेको जग्गालाई उत्पादनमुलक काममा लगाउन, खेती गर्न इच्छा भएका तर जग्गा नभएका भाडामा जग्गा लिने हैसियत नभएका कृषकलाई खेतीमा संलग्न गराउन र समग्र प्रदेशको कृषि उत्पादन बृद्धि गर्न करार खेती कार्यक्रमको योजना ल्याईएको हो । तर कृषकसम्म यो सन्देश बुझाउन नसक्दा निवेदन कम गरेको प्रदेश कृषि मन्त्री आरती पौडेलले बताईन ।
कृषकहरुले करार खेती सम्बन्धि फारम दर्ता गर्ने वा कुनै जानकारी लिन परे कृषि ज्ञान केन्द्रमा गएर सम्पर्क गर्न सक्छन् ।

प्रकाशित मितिः     २५ पुष २०७५, बुधबार ११:१४  |