कोहलपुर महोत्सवमा हात्ती सफारीदेखि ९० फिटको भ्यू टावरसम्म हुने


बाँके :  कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरको आयोजनामा माघ १४ गतेदेखि २७ गतेसम्म कोहलपुरमा आयोजना हुन लागेको पाँचौ कोहलपुर औद्योगिक व्यापार, फुडफेस्टीभल तथा पर्यटन महोत्सवमा हात्ती सफारी समेत गराइने भएको छ ।
महोत्सवका बिषयमा जानकारी दिन बिहिवार कोहलपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले महोत्सवमा नजिकै रहेको बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारीको व्यवस्था मिलाईने बताए । महोत्सवको मुख्य आर्कषणका रुपमा फुडफेस्टिभल रहेको छ भने दर्शकहरुका लागि ९० फिटको भ्यु टावर समेत राखिने छ ।
महोत्सव आयोजक समितिका सहसंयोजक बलराम भटट्राईले महोत्सवमा बिद्यार्थी, फरक क्षमताका व्यक्तिहरु टिकटमा छुट दिईएको छ भने ८० वर्ष भन्दा माथिका उमेरका दर्शकलाई निःशुल्क प्रवेशको अवसर दिइने छ । बहुआयामिक भवन निर्माणको उदेश्य राखेर महोत्सव गर्न लागिएको हो ।

प्रकाशित मितिः     २६ पुष २०७५, बिहीबार १९:२७  |