पृथ्वीजयन्तीको अवसरमा भोली शुक्रबार नेपालगन्जमा बिदा


नेपालगन्ज : भोली शुक्रबार पुस २७ गते पृथ्वजयन्तीका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले एक दिने सार्वजनिक बिदा दिएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मेयर डा धवल शमसेर राणाद्धारा जारी सूचना अनुसार उपमहानगरपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र मातहतका कार्यालयलाई कार्यापालिकाको निर्णय बमोजिम बिदा दिन निर्देशन दिईएको छ ।

प्रकाशित मितिः     २६ पुष २०७५, बिहीबार १८:०९  |