उम्मेदवारी पछि भिम कँडेलले भने,–‘व्यवसायीका समस्यामा कहिल्यै हुन्न भनेको छैन’


प्रतिवद्धतापत्र सार्वजनिक गर्दै कंडेल ।

बाँके :  होटल व्यवसायी संघ बाँकेको अध्यक्षका प्रत्याशी भिमलाल कँडेल नेपालगन्जको होटल व्यवसायका क्षेत्रमा परिचित नाम हो । होटल व्यवसायी संघको बर्तमान महासचिव कँडेल व्यवसायी मात्र नभई यहाँको सामाजिक कार्यक्रममा समेत उत्तिकै सक्रिय छन् । पुख्र्यौली घर गुल्मी रहेका कँडेल नेपालगन्जमा आएपछि होटल व्यवसायमा लागे । अहिले उनी होटल इन्द्रेणी सन्चालन गरिरहेका छन् । एक वर्ष कार्यसमिति सदस्य र हाल महासचिव भएर काम गरिरहेका कँडेलले आफ्नो उम्मेदवारी घोषण कार्यक्रममा व्यवसायीका पिरमर्का समाधानका लागि खबर दिएको मिनेटमै पुगेको बताए । उनले भने,–‘यहाँहरुको समस्यामा मेरो संधै साथ छ । समस्याका बारेमा जानकारी गराएको मिनेटमै म पुगेको छु ।’


पेशागत हकहितका साथ साथै नेपालगन्जलाई आर्थिक शहर बनाउनका लागि पैरवी गर्ने उद्घोष गरिएको छ । कँडेल भन्छन्–‘होटल व्यवसाय बिशुद्ध व्यवसायीहरुको मात्र नभई सामाजिक कार्यमा महत्व राख्ने संगठन बनिसकेको छ । कँडेल भन्छन्–‘होटल व्यवसाय बिशुद्ध व्यवसायीहरुको मात्र नभई सामाजिक कार्यमा महत्व राख्ने संगठन बनिसकेको छ । यसले नेपालगन्जको समग्र विकासमा हातेमालो गर्छ । ’


कँडेलको व्यवसायीक समूहले बिहिवार उम्मेदवार घोषणा गरेको छ । उम्मेदवारी घोषणासंगै १७ बुँदे प्रतिवद्धापत्र समेत सार्वजनिक गरिएको छ । जसमा होटल व्यवसायीका आफ्नै हकहितका कुरादेखि समग्र बाँकेको विकासमा होटल व्यवसायीले गर्न सक्ने दबाबमुलक कामसम्म समेटिएको छ । पेशागत हकहितका साथ साथै नेपालगन्जलाई आर्थिक शहर बनाउनका लागि पैरवी गर्ने उद्घोष गरिएको छ । कँडेल भन्छन्–‘होटल व्यवसाय बिशुद्ध व्यवसायीहरुको मात्र नभई सामाजिक कार्यमा महत्व राख्ने संगठन बनिसकेको छ । यसले नेपालगन्जको समग्र विकासमा हातेमालो गर्छ । ’


 

प्रकाशित मितिः     २७ पुष २०७५, शुक्रबार ०९:०५  |
error: Content is protected !!