भोली नेपालगन्जमा विद्यालय बन्द भएपनि परिक्षा भने रोकिदैन,स्कुलमै पृथ्वीजयन्ती मनाइने


सांकेतिक ।

बाँके :  पृथ्वीजयन्तीको अवसर पारेर भोली शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएपछि बिद्यालयहरु बन्द रहने भएका छन् । तर परिक्षा सन्चालन गरिरहेका बिद्यालयमा भने परिक्षा रोकिने छैन । उपमहानगरपालिकाले अचानक सार्वजनिक बिदा दिएपछि परिक्षार्थीहरु अन्यौलमा परेका थिए ।
बिभिन्न कलेज र बिद्यालयले सामाजिक सन्जाल तथा सुचना मार्फत उपमहानगरपालिकाले गरेको निर्णय अनुसार बिद्यालयको अन्य कामकाज तथा पठनपाठन बन्द हुने तर परिक्षा भने नरोकिने जनाएका छन् । नेपालगन्जको जिभिएन कलेज, जिभिएन स्कुलले परिक्षा सन्चालन हुने जानकारी दिएको छ । परिक्षा सन्चालन गरिरहेका नेपालगन्जका अन्य बिद्यालयहरुले पनि परिक्षा सन्चालन गर्नेछन् । परिक्षा सन्चालनसंगै बिद्यालयमा पृथ्वीजयन्ती मनाइने जिभिएनका प्रिन्सिपल समेत रहेका प्याब्सन नेपालगन्ज नगरकमिटिका सचिव मानबहादुर थापाले बताए ।
यस्तै मोर्डन स्कुलले पनि आफ्नो फेसबुक पेज मार्फत बिद्यालय बन्द हुने भएपनि परिक्षा भने नरोकिने भएकाले बिद्यार्थीहरुलाई परिक्षामा सहभागि हुन आग्रह गरेको छ । पूर्व निर्धारित परिक्षाहरु रोकिदा बिद्यार्थी, अभिभावकका तर्फबाट समस्या हुने भएकाले परिक्षा सन्चालन गर्नुपर्ने अवस्था आएको हो । प्याब्सन नेपालगन्ज नगरकमिटिका सचिव थापाले भने,–‘दुई घण्टाको परिक्षा सकिने बित्तिकै स्कुलमै पृथ्बीजयन्ती मनाउने र त्यसपछि बिदा दिन्छौ । ’

प्रकाशित मितिः     २६ पुष २०७५, बिहीबार २१:५५  |