धम्बोझीमा पानको नयाँ मिठास : फायर पान


धम्बोझी :  पान भन्ने बित्तिकै सादा , मिठा वा मिठा स्पेशल यस्तै यस्तै नाम अगाडी आउँछ । जोकोहीले यि मध्ये कुनै न कुनै पानले मुख मिठो बनाएकै हुन्छन् ।
तर के तपाईले आगो बल्दै गरेको फायर पान कहिल्यै खानुभएको छ ? यदि छैन भने तपाई नेपालगन्जको धम्बोझीचोकमा रहेको भरत पान भण्डारमा आएर पानको भिन्न स्वाद, फायर पानको मजा लिनुहोस् । एक वर्षदेखि अंकित नागले नेपालगन्जमै एकमात्र फायर पानको सेवा दिइरहेका छन् ।


अरु सामान्य पान भन्दा फरक फायर पानको स्वाद लिनेहरुको साँझ भरत पान भण्डारमा भिड लाग्छ । खासगरी टिनएजरहरुमा यसको आर्कषण धेरै देखिएको भरत पान भण्डारका सन्चालक अंकित नागले बताए । फायर पान बनाउने जुक्ति यिनै अंकितले निकालेका हुन । ‘ इण्डियन गट ट्योलेन्ट हेर्दा फायर पानका बारेमा बुझ्ने मौका पाएको थिए । त्यसपछि युवट्युवमा हेरेर सिके । ’– अंकितले भने ‘त्यसपछि मैले नेपालगन्जमा एक वर्ष अघि सुरु गरेको हुँछ ।’ अंकितले नेपालकै फायर पान बनाउने आफु मात्र भएको दाबी गरेका छन् । उनी भन्छन्–‘काठमाण्डौंमा भर्खर सुरु गरेको सुनेको छु ।’


फायर पान अरु जस्तै सामान्य नै हो । तर यो खादा पुरै आगोको लप्का आउँछ । बिशेष प्रकारको फ्लेवर राखेर आगो निकालिएको हुन्छ । त्यसैलाई आर्कषक मानेर पानका पारखीहरु खन आउने गरेका छन् । एक वर्षको अवधिमा आगोले कसैलाई केही नभएको र आगोले नजल्ने ग्यारेण्टी आफुले गरेको अंकितले बताए । उनले भने,–‘मुखभित्र हाल्ने बित्तिकै एकछिन बन्द गर्नुपर्छ । जल्ने सम्भावना नै हुँदैन । ढुक्क भए हुन्छ ।’ एउटा पानको मुल्य ७० रुपैया पर्छ । अहिले टिनएजरहरु रहर गरेर फायर पान खान आउने गरेको उनले बताए । चार वर्षदेखि धम्बोझी पान पसल गर्दै आएका अंकित पानमा नयाँ फ्लेवर दिन सकेकोमा निकै खुसी छन् ।


पान खान रहर गर्नेहरु अंकितको पसलमा पुगेर फायर पानको स्वाद लिने गरेका छन् । काठमाण्डौंमा रहेर लामो समय सोध तथा पत्रकारिता गर्दै आएका जनकपुरका जिवेश झाले नेपालगन्ज आएका बेला फायर पानको मजा लिए । नेपालगन्जमा आएर फायर पान खाने अवसर पाएको भन्दै उनी खुसी हुँदै सामाजिक सन्जाल फेसबुकमा फोटो पनि शेयर गरे । जसमा फायर पान कस्तो हुन्छ भन्दै जिज्ञासा राख्ने साथीहरुलाई उनको प्रतिक्रिया दिदै भने,–‘बहुद बढियन, बहुत निक ।’

प्रकाशित मितिः     २८ पुष २०७५, शनिबार ११:२९  |