जबान अधिवेशन : महासचिव,कोषाध्यक्ष सहित सदस्यमा निर्विरोध, अध्यक्ष र उपाध्यक्षमा निर्वाचनको तयारी


नयाँ कार्यसमितिको पर्खाईमा व्यवसायीहरु ।

बाँके : नेपाल जडिबुटी व्यवसायी संघको महासचिवमा मो. रहीस हल्वाई निर्विरोध निर्वाचित भएका छन् । महासचिव लगायतका पदहरुमा निर्विरोध भएपनि अध्यक्ष र उपाध्यक्षमा भने एक बजेपछि निर्वाचन हुने भएको छ । आईतबार सोमबार निर्वाचन तालिका अनुसार ११ बजेसम्म उम्मेदवारको दावी बिरोध नपरेपछि महासचिवमा हल्वाई, कोषाध्यक्षमा मो असलम हल्वाई निर्विरोध भएका छन् । यस्तै कार्यसमिति सदस्यमा मो सदाव हल्वाई, हफिजुर रहमान अंसारी, सन्तोषकुमार बर्मा, अख्तर अली हल्वाई, मो ईद्रिस हलवाई, समीम हलवाई र मो. आजम हल्वाई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन आयुक्त भागवन्त प्रसाद गुप्ताका अनुसार अध्यक्षमा मो. याकुव अन्सारी र शकील अहमद जसगढ र उपाध्यक्षमा हाजी मो. युनुस हल्वाई र मानबहादुर ओलीको उम्मेवारी परेको छ । अध्यक्ष र उपाध्यक्ष चयनका लागि दिउँसो एक बजेबाट निर्वाचन हुने छ । एक बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने त्यसलगत्तै मतगणना कार्य सुरु गरिने छ ।


प्रकाशित मितिः     २९ पुष २०७५, आईतवार ११:३७  |
error: Content is protected !!