बाँके : नेपाल जडिबुटी व्यवसायी संघ केन्द्रीय अध्यक्ष पदमा मो. याकुव अन्सारी निर्वाचित भएका छन् । प्रदेश सांसद समेत रहेका अन्सारी तेस्रो कार्यकालका लागि बिजयी भएका हुन । शकिल अहमद जसगढलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । आईतबार दिउँसो भएको निर्वाचन पछि सम्पन्न भएको मतगणना अनुसार अन्सारीले ९८ मत ल्याए भने जसगढले ६१ मत ल्याए ।
यस्तै उपाध्यक्ष पदमा हाजी मो. युनुस हल्वाई निर्वाचित भए । हल्वाई ८५ मत ल्याई निर्वाचित भए भने मानबहादुर ओलीले ७३ मत ल्याई पराजित भए ।
संघको महासचिव, कोषाध्यक्ष र कार्यसमितिमा भने निर्विरोध भइसकेको थियो । अध्यक्ष र उपाध्यक्षमा सर्बसम्मती नभएपछि आईतबार दिउँसोबाट निर्वाचन भएको थियो ।
जडिबुटी व्यवसायी संघको नवनिर्वाचित कार्यसमिति यस्तो छ,
अध्यक्ष : मो. याकुव अन्सारी
उपाध्यक्ष : हाजी मो. युनुस हल्वाई
महासचिव : मो. रहीस हलवाई
कोषाध्यक्ष : मो. असलम हलवाई
कार्यसमिति सदस्यहरु
मो. सदाव हल्वाई
हफिजुर रहमान अन्सारी
सन्तोषकुमार बर्मा
अख्तर अलि हल्वाई
मो ईद्रिस हल्वाई
मो. समिम हल्वाई
मो. आजम हल्वाई