नेपाल जडिबुुटी व्यवसायी संघको अध्यक्षमा याकुव अन्सारी, उपाध्यक्षमा युनुस हल्वाई निर्वाचित


बाँके :  नेपाल जडिबुटी व्यवसायी संघ केन्द्रीय अध्यक्ष पदमा मो. याकुव अन्सारी निर्वाचित भएका छन् । प्रदेश सांसद समेत रहेका अन्सारी तेस्रो कार्यकालका लागि बिजयी भएका हुन । शकिल अहमद जसगढलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । आईतबार दिउँसो भएको निर्वाचन पछि सम्पन्न भएको मतगणना अनुसार अन्सारीले ९८ मत ल्याए भने जसगढले ६१ मत ल्याए ।
यस्तै उपाध्यक्ष पदमा हाजी मो. युनुस हल्वाई  निर्वाचित भए । हल्वाई ८५ मत ल्याई निर्वाचित भए भने मानबहादुर ओलीले ७३ मत ल्याई पराजित भए ।
संघको महासचिव, कोषाध्यक्ष र कार्यसमितिमा भने निर्विरोध भइसकेको थियो । अध्यक्ष र उपाध्यक्षमा सर्बसम्मती नभएपछि आईतबार दिउँसोबाट निर्वाचन भएको थियो ।

जडिबुटी व्यवसायी संघको नवनिर्वाचित कार्यसमिति यस्तो छ,

अध्यक्ष : मो. याकुव अन्सारी
उपाध्यक्ष : हाजी मो. युनुस हल्वाई 
महासचिव : मो. रहीस हलवाई
कोषाध्यक्ष : मो. असलम हलवाई
कार्यसमिति सदस्यहरु
मो. सदाव हल्वाई
हफिजुर रहमान अन्सारी
सन्तोषकुमार बर्मा
अख्तर अलि हल्वाई
मो ईद्रिस हल्वाई
मो. समिम हल्वाई
मो. आजम हल्वाई

प्रकाशित मितिः     २९ पुष २०७५, आईतवार १९:२९  |