बिदेशी होटल चेन समूहको प्राथमिकतामा नेपालगन्ज


नेपालगन्जका होटल व्यवसायी सीताराम यादवले विदेशी होटल समूह लगानी सहित आउनु स्वागतयोग्य भएपनि रणनीतिक साझेदारको रुपमा मात्र भित्रिनु मुलुकको हितमा नहुने टिप्पणी गरे। उनले भने, ‘पर्यटन व्यवसायमा ब्राण्ड फ्रेन्चाइज मात्र ल्याएर पछि यहाँको पैसा विदेश पठाउनु हाम्रो हितमा हुँदैन ।‘


नेपालगन्ज :  ख्यातीप्राप्त बिदेशी होटल चेन समुहको रोजाईमा नेपालगन्ज परेको छ । पश्चिम नेपालको पर्यटन व्यवसायको मुख्य गन्त्व्यका रुपमा रहेको नेपालगन्जमा बिदेशी होटल चेन समुहले होटलमा लगानी गरेका छन् ।
सिग्नेट ईन कृष्णा, कलपत्रु इन लर्डस जस्ता होटलहरु बिदेशी होटल चेन मार्फत नै सन्चालन भइरहेका छन् । अन्य होटलहरु समेत यसै गरी लगानी हुने क्रम बढेको छ । भारतमा मुख्यालय रहेको क्लार्क्स होटल ग्रुपले वीरगंजमा सुनिल खेतानको निर्माणाधीन होटल र नेपालगंजमा भवानी राणाको तारे होटल स्नेहासँग व्यवसायीक साझेदारी गरेको बिजमाण्डु डटकमले खबर छापेको छ ।

बर्दिया र रारामा नयाँ होटल संचालनको लागी होटल स्नेहाकी प्रबन्ध निर्देशक भवानी राणासँग साझेदारी सम्झौतामा हस्ताक्षर समेत गरेको बताईएको छ । क्लार्क्स होटल ग्रुपले चालीस करोड रुपैयाँमा बर्दियामा रिसोर्ट संचालनमा ल्याउने भएको हो ।
नेपालगन्जका होटल व्यवसायी सीताराम यादवले विदेशी होटल समूह लगानी सहित आउनु स्वागतयोग्य भएपनि रणनीतिक साझेदारको रुपमा मात्र भित्रिनु मुलुकको हितमा नहुने टिप्पणी गरे। उनले भने, ‘पर्यटन व्यवसायमा ब्राण्ड फ्रेन्चाइज मात्र ल्याएर पछि यहाँको पैसा विदेश पठाउनु हाम्रो हितमा हुँदैन ।‘

इकोनोमिक क्लासलाई लक्षित गरेर नेपाल प्रवेश गरेको भारतीय होटल संजाल ओयोले बिजनेश क्लासलाई लक्षित गर्दै वीरगंज,विराटनगर, नेपालगंज, बुटवल, भैरहवा, इटहरी, धरान, चितवनमा सेवा बिस्तार गर्ने तयारी गरेको बिजमाण्डुले उल्लेख गरेको छ । ओयोले होटल प्रवर्द्धनमा सहयोग गरेवापत आफ्नो साझेदार होटलले प्राप्त गर्ने रकमबाट ’कमिशन’ रकम कट्टा गरेर बाँकी रकम भूक्तानी दिने गरेको छ ।

प्रकाशित मितिः     २ माघ २०७५, बुधबार १५:०७  |