नेपालगन्जबाट फर्किने क्रममा बोल माया बोलकी गायिका दुर्घटनामा घाइते,उपचारपछि घर फर्किइन


गायिका परियार उपचारको अवस्थामा र उनी सवार दुर्घटना ग्रस्त गाडी । तस्बिर : दिप दर्पणको फेसबुक पेजबाट

नेपालगन्ज :  चर्चित गीत बोल माया बोलकी गायिका शान्ती श्री परियार सडक दुर्घटनामा परी घाइते भएकी छन् । नेपालगन्ज महोत्सवको साँस्कृतिक कार्यक्रम सम्पन्न गरी लमजुङ्ग जाने क्रममा उनी चढेको गाडी गोरुसिंङ्गेमा दुर्घटना भएको हो ।
रातको १ : ३० बजे गाडी अनियन्त्रित भई दुर्घटना भएको र उक्त गाडीमा सवार गायिका परियार घाइते भएको मोडल एवं लेखक दिप दर्पणले जानकारी दिए । लेखक दपर्णले गायिका परियारको स्वास्थ्य लाभको कामना गरेका छन् । अहिले परियार खतरामुक्त छिन् । काठमाण्डौंको ग्राण्डी हस्पिटलमा उपचार पछि आरामका लागि घर लगिएको छ । रोल्पा निवासी गायिका परियार बोल माया बोल गीतबाट चर्चामा आएकी थिईन ।


नेपालगन्जको महोत्सवमा गायिका परियार । उनी उक्त महोत्सव सकेर फर्किदे थिईन।
प्रकाशित मितिः     १ माघ २०७५, मंगलवार २०:०९  |
error: Content is protected !!