बाँकेमा भूकम्प दिवश मनाइयो


नेपालगन्ज :  बाँकेमा पनि भूकम्प दिवश मनाईएको छ । नेपालगन्जमा प्रभातफेरी सहित सभा गरिएको छ । २०५५ सालपछि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । यस पटक २१औं दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाभित्र जिल्लास्थित प्रशासनिक, सुरक्षा निकाय, सरोकारावाला निकायले कार्यक्रम गरे ।  वर्षमा एक पटक र्‍याली, गोष्ठी गरेर दिवसको कर्मकाण्ड पूरा गर्दै गर्दा जनस्तरलाई सुसूचित गरेर पूर्वसावधानीका कामहरु गर्नेतर्फ भने सरकारको ध्यान नगएको विज्ञहरु बताउँछन् ।


प्रकाशित मितिः     २ माघ २०७५, बुधबार १२:१५  |
error: Content is protected !!