बैष्णोदेवी अस्पतालमा किड्नीको जटिल शल्यक्रिया सफल


बाँके : नेपालगन्जको पासाङ्गल्हामुरोडस्थित माँ बैष्णोदेवी अस्पतालमा किड्नीसंग जोडिएको दुर्लभ शल्यक्रिया गरेर बिरामीको ज्यान जोगाईएको छ । डा सुरेश कुमार नाग नेतृत्वको टिमले एकजना बिरामीको कामै नलाग्ने अवस्थामा पुगेको किड्नीको बुधवार सफल शल्यक्रिया गरेको हो ।

डा नागका अनुसार कामै नलाग्ने अवस्थाको किड्नी सामान्यतया फाल्ने गरिन्छ । बैष्णोदवी अस्पतालमा भर्ना भएका बिरामीको किड्नी पनि फाल्ने अवस्थाको थियो । तर नाग नेतृत्वको टिमले किड्नी नफालेरै शल्यक्रिया गरेको छ । जटिल प्रकारको सफल शल्यक्रिया गरेपछि डा. नाग लगायतको टिम खुसी देखिए । डा नागले सामाजिक सन्जालमा दुर्लभ शल्यक्रिया सफल भएको भन्दै खुःसी साटे । नेपालगन्ज बिजनेशसंग कुरा गर्दै डा नागले भने,–‘अत्यन्त होसियारीपूर्वक शल्यक्रिया गर्न सफल भयौं । उक्त किड्ने केही मात्रामा काम गर्न सुरु गरेको छ । यस्तो घटना दुर्लभ मानिन्छ ।’

प्रकाशित मितिः     २ माघ २०७५, बुधबार २०:१९  |