ब्यवसाय थप्दै प्रदिप


बाँके :  कोहलपुरका युवा व्यवसायी प्रदिप भट्टराईले व्यवसायको बिस्तार सुरु गरेका छन् । युवा पुस्ताका लागि उदाहरणिय बनेका प्रदिप कोहलपुरमा मात्र नभई अन्य क्षेत्रमा पनि प्रवेश गर्न थालेका छन् ।
कोहलपुरमा रहेको होटल पपलाईफ प्रालिका सन्चालन प्रदिपले बिहिवार मात्र नेपालगन्जमा सबै प्रकारका इलेक्ट्रोनिक्स पाइने पपलाईफ इलेक्ट्रोनिक्स सुरु गरे । आगामी बैशाखदेखि उनले कोहलपुरकै पिपलचौतारामा होटल पपलाईफको नयाँ शाखा सन्चालन गर्ने तयारी गरेका छन् ।

युवा व्यवसायी प्रदिप भट्टराई

‘आठ करोड लगानीमा सुविधा सम्पन्न होटल सन्चालन गर्दैछु ।’– प्रदिपले भने । चार सय क्षमताको हल सहित निर्माण हुने होटलमा थप चौबिस कोठा रहनेछन् । अहिले कोहलपुर न्यूरोड जाने बाटोमा रहेको पपलाईफमा छब्बीस कोठा रहेका छन् ।
‘सिजनल पर्यटकलाई मात्र लक्षित गरेर होइन सबैका लागि भनेर होटल खोल्दैछौं । कोहलपुर सबैको ट्रान्जिट भएकाले यहाँ राम्रो सम्भावना देखेको छु ।’– प्रदिपले भने । कोहलपुर व्यापार संघका उपाध्यक्ष समेत रहेका उनले पछिल्लो समय कोहलपुरमा लगानी गर्नेहरु बढेको पनि बताए । प्रदिपले नै सुविधा सम्पन्न बिद्यालय सन्चालन गर्ने तयारी समेत रहेका छन् । लगनशिलता र व्यवस्थापन पक्षलाई बलियो बनाउन सके लगानीको प्रतिफल पाइने उनको मान्यता छ ।



एशियन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेका प्रदिप लामो समय बिदेश गएर फर्किएका हुन । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच लिएर फर्किएपछि व्यवसाय सुरु गरेका प्रदिपले धेरै जनालाई रोजगारी दिएका छन् ।

प्रकाशित मितिः     ४ माघ २०७५, शुक्रबार ११:१०  |
error: Content is protected !!