उपमहानगरलाई पुर्व मेयर गुप्ताको सुझाव–‘हरित नेपालगन्जको दिर्घकालिन योजना बनाऔं’


नेपालगन्ज : देशकै सबैभन्दा धेरै गर्मी हुने शहर हो नेपालगन्ज । चैतदेखि भदौसम्म यहाँको गर्मीले जनजीवन प्रभावित गर्छ । सर्बसाधारणको दैनिकी कष्टकर हुने गरेको छ । यस्तो अवस्थाबाट राहात पाउन ‘हरित नेपालगन्ज’ बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले यो कामलाई अगाडी बढाउनुपर्ने सुझाव दिन्छन्, नेपालगन्ज उपमहानगरपालिका तत्कालिन मेयर बिजय गुप्ता । २०४९ सालमा मेयर भएका गुप्ता बरिष्ठ अधिवक्ता र नेपालगन्जको राजनीतिमा प्रभाव पार्ने व्यक्ती हुन । उनले हरित नेपालगन्ज नबनाउने हो भने केही वर्षपछि यहाँ बस्नै नसक्ने अवस्था सिर्जना हुन सक्ने चिन्ता प्रकट गरे ।
‘त्यसै पनि नेपालगन्ज गर्मी हुने ठाउँ हो । यसबाट जोगिन हामीले बैकल्पिक उपाय नपआउने हो भने बस्ने अवस्था नै रहँदैन । बैलैमा हामी सचेत र सजग बनौं ।’–नेपालगन्ज विजनेसको भलाकुसारीमा पुर्व मेयर गुप्ताले भने । उनले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणालाई हरित नेपालगन्जका लागि दिर्घकालिन योजना ल्याउन पनि सुझाव दिएका छन् ।


नेपालगन्जमा सडक निर्माण गर्दा भएका रुखहरु पनि काटिएका काटिएका छन् । त्यसबाहेक रुख रोप्ने योजनाबद्ध कामहरु हुन सकेको
छैन । आम नगरबासीलाई साथमा लिएर हरित नेपालगन्ज बनाउन सकिने गुप्ताको सुझाव छ । उनले नेपालगन्जमा पुराना तालतलैयाको संरक्षणमा उपमहानगरपालिकाले थालेका आश लाग्दा कामको भने प्रशंसा गरे । उनले भने,–‘मेयर ज्युले तलाउ संरक्षणको योजना ल्याउनुभएको छ , त्यो असाध्यै राम्रो छ ।’ गुप्ताले नेपालगन्जमा बिरुवा रोप्नुपर्ने र निश्चित ठाउँमा फुलैफुल रोपेर नेपालगन्ज फुलबाटै चिनाउन सकिने पनि बताए । हरित नेपालगन्जका लागि जनस्तरबाट थालिएका कामलाई निरन्तरता दिनुपर्ने पुर्व मेयर गुप्ताले सुझाव दिए ।

प्रकाशित मितिः     ५ माघ २०७५, शनिबार १३:५०  |