यस्ता छन्, प्रदेश ५ का सात राष्ट्रिय गौरवका आयोजना


१. पुष्पलाल (मध्यपहाडी) लोकमार्ग
यस प्रदेशको पूर्वी र रुकुममा मात्र पर्ने यस आयोजनाको कूल लम्वाई ५४ की.मी. रहेको र यस जिल्लामा जम्मा २ वटा पूल निर्माण गर्नुपर्ने देखिन्छ । जसमा सडक चौडाई गर्ने कार्य ४५ कि.मि, सव–बेस कोर्ष ३५ की.मी.,वेस कोर्ष १० की.मी. सम्पन्न भइसकेको र २ वटा पूल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । चालू आ.व. ०७५/७६ मा ३० की.मी. सडकमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । यस मार्गको काम आ.व. ०७६/७७ मा सम्पन्न हुने देखिन्छ ।

२ भेरी बबई डाईभर्सन
बाँके र बर्दिया जिल्लाको करिव ५१,००० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने प्राथमिक उद्देश्य तथा ४६ मेघावाट विद्युत उत्पादन गर्ने सहायक उद्देश्य लिएर उतm आयोजनाको निर्माण कार्य भइरहेको छ । वार्षिक लक्ष्य वमोजिम काम सम्पन्न भईरहेको उतm आयोजनाको १२ की.मी. मुख्य टनेल खनिसकिएको छ । दैनिक औषत रmपमा १५ देखि २० मी. टनेल खनिरहेको उतm आयोजनाले अत्याधुनिक टनेल खन्ने नामक मेसिन र चाईनिज कामदारको प्रयोग गरिरहेको देखिन्छ । साथै पावरहाउस र प्रशारण लाईन विस्तारको काम पनि सँगसँगै अगाडि बढेको छ । यो आयोजनाको काम आ.व. ०७७/७८ मा सम्पन्न हुने देखिन्छ ।

३ बबई सिँचाइ आयोजना
नेपालको पानी नेपालमा भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस आयोजनाले करीब ७० प्रतिशत मुआब्जा वितरणको कार्य सम्पन्न गरेको छ । अधिकांश ठेक्का सम्झौता भएको उतm आयोजनाले जनाएको छ । करिब १३ अर्व लागत अनुमान गरिएको उतm आयोजनाले बर्दियामा करिब ३६,००० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । भेरी बबई डाईभर्सनले दिने ४० हजार क्यूविक मिटर पानिमा उक्त परियोजनामा निर्भर रहेको देखिन्छ । स्वदेशी लगानी र आफ्नै प्राविधिकबाट निर्माण कार्य हुँदै आएकोउक्त आयोजनाले निर्माण संगसंगै सिँचाइ सुबिधा पनि पु¥याउँदै आएको छ । पूर्वी मूल नहर ३३.९७ की.मी. को निर्माण कार्य अन्तिम चरणमा रहेको तथा पश्चिमी मूल नहरको ४३ की.मी. मध्ये २० की.मी. सम्पन्न भइसकेको छ । यो आयोजना आ.व. ०७८/७९ मा सम्पन्न हुने देखिन्छ ।
४ सिक्टा सिँचाइ आयोजना पश्चिम राप्ती नदी श्रोत रहेको र बाँके जिल्लाको पश्चिम र पूर्वी गरी कूल ४२,७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको उतm आयोजनाको लागत १२ अर्वबाट बढेर २५ अर्व पुगेको देखिन्छ । उतm आयोजनाको व्यारेज निर्माण र गेट जडानको हाईडा«ेमेकानिकल कार्य सम्पन्न भएको छ । ४५.२५ की.मी. को पश्चिमी मूल नहर निर्माण कार्य सम्पन्न भएको छ । पूर्वी मूल नहरको रmख कटान तथा मूल नहरमा माटोको कार्य भइरहेको छ । पश्चिम मूल नहरको ७ वटा शाखा नहरहरmमध्ये पहिलो शाखा ( शिधनिया) ८० प्रतिशत, दोस्रो शाखा (डुडुवा) ६ प्रतिशत सम्पन्न भएको र बाँकी शाखाको ठेक्का सम्झौता यसैआ.व. मा भई काम सुरm हुने बताइएको छ । करिब ५७ प्रतिशत प्रगति भएको यो आयोजना समयमै सम्पन्न गर्न कठीनाई देखिन्छ ।

५. हुलाकी राजमार्ग

बाँके र बर्दिया जिल्लामा राजमार्ग निर्माण कार्य सम्पन्न गर्ने जिम्मा आयोजना कार्यालय नेपालगञ्जले लिएको छ । कपिलवस्तु र सो पूर्वका यस प्रदेशका हुलाकी राजमार्ग पनि राष्ट्रिय गौरवका आयोजना भित्रका काम भएतापनि साईटमा अफिस नखुलेकोले उक्त क्षेत्रको काम काठमाण्डौस्थित केन्द्रिय कार्यालयबाट हुँदै आएको छ । ४० प्रतिशत मात्र प्रगति हासिल गरेको र वाँकी काम निश्चित समयमा सम्पन्न हुन सक्ने देखिदैन । जसको भौतिक प्रगति सारांशलाई निम्न बमोजिम तालिकाबद्ध गरिएको छ ।


६) लुम्विनी विकास कोष

लुम्बिनी क्षेत्रको पूर्वाधार विकासलाई प्रमुख महत्व दिइ काम गरिरहेका यस आयोजनाले करिब ८० प्रतिशत काम सम्पन्न भईसकेको जनाएको छ । यस कोषले जापानिज प्राध्यापक केन्जो टाँगेको गुरmयोजना अनुरmप आफ्नो काम अगाडि बढाईरहेको छ । कूल ६ अर्व १९ करोड लागत अनुमान गरिएको उतm आयोजनामा २२ वटा राष्ट्रहरmले आ—आफ्नो स्तुपा बनाउने प्रतिबद्धता जनाएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि यस आयोजनाले आफ्नो लक्ष्य हासिल गर्न योगदान पुग्ने वताइएको छ । आ.व. ०७८÷७९ सम्ममा कोषको सम्पूर्ण काम सम्पन्न हुने देखिन्छ ।

७) गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

कूल ७८७ विगाहा जमिनमा फैलिएको यस आयोजना काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा डेढ गुणा ठूलो हुने देखिन्छ । निर्माण कार्य गर्दा करिब ६०० घरपरिवार विस्थापित भएकोमा करिब ४०० घरपरिवार पूर्णरmपमा विस्थापित भएको छन् । समग्र निर्माण कार्यको २० प्रतिशत बाँकी रहेको उतm आयोजनाको धावनमार्ग पीच गर्ने काम मात्र गर्न बाँकी रहेको छ । ७० मिलियन डलर लागत अनुमान गरिएको उतm आयोजना समयमै निमार्ण सम्पन्न हुने बताइएको छ ।

(गत साउन महिनामा प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले गौरवका आयोजनका बिषयमा छलफल गरे पश्चात मुख्यमन्त्री कार्यालयका तर्फबाट प्रेसित जानकारीलाई सन्र्दभ सामाग्रीका रुपमा प्रयोग गरिएको हो । साउनयता आयोजनाका काममा थप प्रगति भएको हुन सक्छ )

प्रकाशित मितिः     ६ माघ २०७५, आईतवार ०८:०२  |
error: Content is protected !!