बाँके : नेपालबाट भारतमा हेलिकप्टर निकासी भएको सुन्दा जोकोहीलाई अचम्म लाग्छ । अब भने अचम्म नमान्नुहोला, चालु आर्थिक वर्षमा नेपालगन्ज नाका हुँदै भारतमा हेलिकप्टर समेत निकासी भएको छ ।
नेपालगन्ज भन्सारबाट भारततर्फ निकासी भएका सामाग्रीको टप सूचिमा हेलिकप्टर समेत परेको छ । यो हेलिकप्टर नेपालमै निर्माण भएर सग्लोरुपमा चलाउनका लागि भारत बिक्री गरिएको भने होइन । बिग्रिएको अवस्थाको हेलिकप्टरका पाटपुर्जा बिक्रीका लागि निकासी गरिएको हो ।
नेपालगन्ज भन्सारका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तमा एउटा हेलिकप्टरका सामाग्रीहरु भारत निकासी भएको छ । जसको भन्सार मुल्य ९९ लाख ७३ हजार १ सय ३० रुपैया मुल्यांकन भएको थियो । उक्त हेलिकप्टरको तौल १५ हजार किलोग्राम रहेको थियो ।