नेपालगन्ज हुँदै ३ करोड ४३ लाखको रांगाको मासु तेस्रो मुलुकमा निर्यात


बाँके :  नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०७५ र २०७६ को पुस महिनासम्म ३ करोड बढि मूल्य बराबरको रांगाको मासु निर्यात भएको छ । तीन लाख ७४ हजार किलोग्राम रांगाको फ्रोजिन मासु निर्यात भएको हो । उक्त मासुको मूल्य ३ करोड ४३ लाख ७२ हजार कायम भएको थियो ।
बर्दियामा अत्याधुनिक पशु वद्यशाला संचालनमा आएपछि नेपालगन्ज नाका हुँदै रांगाको मासु निर्यात हुन थालेको हो । यहाँबाट निर्यात भएको मासु भारत हुँदै तेस्रोमुलुकसम्म जाने गरेको छ । चिनिया कम्पनी सानदिङ्ग फुड प्रोडक्ट्स प्राईभेट लिमिटेडले कालिका गाविस वडा नम्वर ३ मा सो बद्यशाला संचालनमा ल्याएको हो । लामो समयदेखि जिल्लामा व्यवस्थीत पशुवद्यशाला हुनुपर्ने माग बढेसंगै कम्पनीले बद्यशाला संचालन गरेको छ ।
दैनिक १ सय ५० वटा सम्म राँगा बद्य गर्न सक्ने क्षमताको बद्यशाला निर्माण गर्न झण्डै एक वर्ष लागेको थियो । कम्पनीले एकबर्ष अगाडी करिव २ हेक्टर जग्गा खरिद गरी निर्माण कार्य थालनी गरेको थियो । कम्पनी स्थापना देखि हालसम्म करिव ४ करोड खर्च भईसकेको छ । त्यहाँ उत्पादीत मासुजन्य सामाग्री मलेसिया र युरोपमा पठाउने सम्झौता भएको छ ।
कम्पनीले मासुजन्य १० प्रकारका सामाग्री उत्पादन गरी विभिन्न मुलुकमा निर्यात गर्दै आएको । त्यसका लागि अत्याधुनिक उपकरण सहितका फ्रिज लगाएत मेसीनहरु जडान गरेको छ । कम्पनीमा उत्पादीत सामाग्रीलाई डीङ्ग जिङ्ग फुड प्रोसेसीङ्ग एण्ड म्यानुफया्क्चरिङ्ग प्राईभेट लिमिटेडले प्याकिङ्ग गरेर वाहीरी मुलुकमा आपुर्ति गरिरहेको छ ।

प्रकाशित मितिः     ७ माघ २०७५, सोमबार १९:२५  |