नेपालगन्ज : कोहलपुरमा चर्चित नेपाली जुत्ता ब्राण्ड गोल्डस्टारका ब्राण्डेड जुत्ता, चप्पलहरु उपलब्ध हुने भएका छन । रेश्मा सप्लायर्सले बाँकेको कोहलपुरमा गोल्डस्टारको आधिकारीक स्वरुम संचालनमा ल्याएको छ । कोहलपुर न्यूरोड चोकको पुर्वतर्फ संचालनमा आएको रेश्मा सप्लायर्सले कोहलपुरवासीहरुलाई मध्यनजर गर्दै गोल्डस्टारको स्वरुम संचालनमा ल्याएको रेश्मा सप्लायर्सका प्रवन्ध निर्देशक कुमार उप्रेतीले जानकारी दिए ।
गोल्ड स्टार ब्राण्डको २४ औं शाखाको रुपमा कोहलपुरमा रेश्मा सप्तायर्स संचालनमा आएको हो । सोमबार शाखा उद्घाटन भएको छ । उप्रेतीले स्वरुम उद्घाटनको अवसरमा विशेष छ्टको समेत ब्यवस्था मिलाईएको जानकारी दिईन । उनले उद्घाटनको एक सातासम्म हरेक जुत्ता चप्पलमा १५ प्रतिशतसम्म छुट दिईने बताईन । ५० लाख लागतमा संचालनमा ल्याईएको उक्त सोरुमले सबै वर्ग र क्षेत्रका नागरिकहरुलाई सेवा प्रदान गर्ने बताईएको छ ।
विगतदेखि नेपालीहरुको मन जित्दै आएको गोल्ड स्टार ब्राण्डले ३ सय ७५ देखि २१०० सम्मका जुत्ताहरु बजाएमा ल्याएको गोल्ड स्टारका बजार प्रतिनिधी बिनोद अधिकारीले जानकारी दिए । सबै वर्गका ब्यक्तिहरुलाई लक्षित गर्दै गोल्ड स्टारले आकर्षक र गुणस्तरीय जुत्ता, चप्पलहरु उत्पादन गर्दै आएको छ ।