‘ऐतिहासिक शहर भनेर मात्र पुग्दैन, अब नयाँ इतिहास बनाउनेतर्फ पनि लागौं’


नेपालगन्ज : बरिष्ठ अधिवक्ता एवं नेपालगन्ज उपमहानगरपालिका ( तत्कालिन नगरपालिका) का पुर्व मेयर बिजय गुप्तासंग भएको भलाकुसारीका क्रममा नेपालगन्जको विकाससंग जोडिएका धेरै कुराहरु निरन्तर प्रस्तुत गरिरहेका छौं ।

२०४९ सालमा बिजय गुप्ता नेपालगन्ज नगरपालिकाको मेयर भए । मेयर भएपछि उनले राँझा बिमानस्थललाई क्षेत्रीयस्तरको –‘बिमानस्थल बनाएर नेपालगन्ज दिल्ली उडानको अभियान नै सुरु गरे । पर्यटनमन्त्रीदेखि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्म यो कुरा पुर्याए तर आज २५ वर्ष भयो यो बिषय जहाँको त्यही छ । नेपालगन्ज नगरपालिका एक्लैले नेपालगन्ज दिल्ली उडानको कुरा गरेको थिएन । गुप्ताकै भनाई अनुसार, त्यसबेलाको मध्य तथा सूदुरपश्चिमका सबै जिल्लाका जिल्ला सभापतिहरु जिल्ला विकास समिति बाँकेको हलमा भेला भई नेपालगन्ज बिमानस्थलको विकासमा साथ दिने निर्णय भएको थियो । गुप्ता ती दिनलाई स्मरण गर्दै भन्छन्,–‘तत्कालिन पर्यटनमन्त्रीकै उपस्थितीमा त्यो निर्णय भएपछि हामी काठमाण्डौं डेलिगेशन गएका थियौं । नेपालगन्जको विकाससंग पश्चिम नेपालका अन्य जिल्लाले आफ्नो भविष्यसंग जोड्ने काम गरेका थिए । त्यसरी हामीलाई साथ दिएका थिए ।’
हरेक राजनीतिक, आर्थिक र प्रशासनिक कामको नेतृत्व नेपालगन्जले नै गथ्र्यो भन्ने कुराको सानो उदाहरण थियो, त्यो । तर नेपालगन्जका लागि त्यस्ता दिनहरु अतित सावित हुँदै छन् । । संघीयता कार्यान्वयनपछि यतिबेला नेपालगन्जले कुन शहरलाई राजधानी मान्ने वा कुन प्रदेशमा गाभिने भन्ने जस्ता भइरहेका बहस र छलफलले नेपालगन्जको पुरानो दबदबा घट्दै गएको पुष्टि हुने गुप्ता बताउँछन् । । ‘बुटवललाई राजधानी मान्ने की दाङ्गलाई मान्ने ? वा सुर्खेतमा गाभिने ? भन्नेसम्मको अवस्थामा पुर्याईयो नेपालगन्जलाई ।’– गुप्ताले भने,‘ नेपालगन्जलाई इतिहासमै समेट्ने काम भएको छ ।। नयाँ इतिहास बनाउन दिईएको छैन।’
नेपालगन्ज पछि जन्मिएका शहरहरु उकालो लाग्दो नेपालगन्ज भने ओरालो लागिरहेको गुप्ताले महसुस गरेका छन । ‘नेपालगन्ज बिश्वबिद्यालयको कुरा उठाएका थियौं । बरु सुर्खेतमा बिश्वबिद्यालय सन्चालन गरियो । नेपालगन्ज बिश्वबिदालयको कुरा हराउने काम भयो  ? कसैले सोधीखोजी गर्छ ? आखिर कसैलाई नचाहिने भएर त सोधखोज नगरिएको होला, । ’– गुप्ताले भने,–‘नेपालगन्जको विकाससंग जोडिएका यस्ता हरेक सपना मार्ने काम भएको छ । कसैलाई चासै छैन ।’ कुनै बेला साविकको मध्य र सुदुरपश्चिम हेर्ने अड्डा अदालत रहने नेपालगन्ज अहिले बाँके र बर्दियामा समेटिन पुगेको छन् । नेपालगन्जको उच्च अदालतको ईजलासले बाँके र बर्दियालाई हेर्छ । गुप्ता भन्छन्,–‘यस्ता धेरै उदाहरण छन् ।’ पुर्व मेयर गुप्तालाई अन्य जिल्लाले विकास गरेको प्रति कुनै गुनासो छैन । ‘हरेक ठाउँले विकास गर्नुपर्छ । अरु नेपालगन्जमै निर्भर हुनुपर्छ भनेको छैनौं । हरेक विकासका कामहरु बिकेन्द्रीकरण हुनुपर्छ । तर अरुले विकास गर्दा हामी नेपालगन्ज भने जहाँको त्यही रहने अवस्थामा पुग्यौं ।’– गुप्ताले भने ।

राजनीतिक पहुँच नभएकै कारण काठमाण्डौंको सत्ताले नेपालगन्जलाई पछि पारेको भन्नेमा गुप्तालाई कुनै संकोच  छैन । ‘नेपालगन्जलाई अगाडी बढ्नै दिनुहुन्न् भन्ने सोंच केन्द्रमा छ । नत्र किन पछि पारिन्थ्यो होला र ?’– गुप्ताले भने–‘पहुँच नै नभएपछि नेपालगन्जले के नै गर्न सक्छ भन्ने मानसिकता शासकलाई परेको छ ।’ संघीयता कार्यान्वयन पछि त नेपालगन्ज झन् पछि पर्ने खतरा देख्छन्, उनी । मधेस प्रदेशको वकालत गर्दै आएका गुप्ताले अहिलेको प्रदेश संरचनाप्रति असन्तुष्टि जनाउँछन् । जब प्रदेशकै बनावट प्रति असन्तुष्टि जनाएपछि राजधानीका बिषयमा कुर गर्नुको अर्थ नरहने उनी बताउँछन् । ‘संघीयताको मर्मलाई चोट पुग्ने गरी प्रदेश बिभाजन गरिएको छ । यो त फेरिनुपर्छ ।’– उनले भने । प्रदेशको बिभाजन नै गलत तरिकाले भएको बताए पनि गुप्ताले बाँकेलाई कर्णाली प्रदेशमा गाभ्नुपर्छ भन्ने बहसका बिषयमा भने यस्तो प्रतिक्रिया दिए,–‘बुटवल जान एक दिन लाग्छ, सुर्खेत जान दुई घण्टा लाग्छ । त्यही भएर सुर्खेतमा जाउ भन्ने तर्क नै संघीयताको मर्म हो त ? के हामी हिजो विकास क्षेत्र हुँदा सुर्खेतबाट शासित भएको होइन ? त्यसबेला नेपालगन्जले के पायो ?’ उनले अधिकारसंग जोडिएको संघीयतालाई दुरीका आधारमा ब्याख्या नगर्न आग्रह गरे ।
कर्णाली प्रदेशमा नेपालगन्ज गाभिदैमा नेपालगन्ज राजधानी बन्छ नबन्ने उनले बताए । भारतीय सीमाक्षेत्रका धनगढी, बुटवल र बिराटनगर प्रदेशको राजधानी बन्दै गर्दा त्यस्तै अवस्थामा रहेको नेपालगन्जलाई किन बनाईएन भन्दै गुप्ताले थपे,–‘ शासकहरु नेपालगन्जको विकास चाहादैनन् भनेको त्यही भएर हो ।’ साँघुरो भएपनि नेपालगन्जको भविष्य राम्रै रहेको गुप्ताको बुझाई छ । मानसरोवरको ट्रान्जिट हुँदै पर्यटनको विकास गर्न सकिने उनी बताउँछन् । त्यस्तै मेडिकल सिटी, नेपालगन्ज बिश्वबिद्यालय सहितको शैक्षिक हब, ग्रिनरी शहर बनाउन सकिने उनको बुझाई छ ।‘इतिहासप्रति गर्व गरेर बस्ने मात्र होइन नयाँ इतिहास बनाउनेतिर पनि लागौं । नेपालगन्जको भविष्य शुन्दर नै छ ।’–

प्रकाशित मितिः     ८ माघ २०७५, मंगलवार १४:५३  |