नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान देश भएको कारण अधिकांश मानिसहरु कृषिमा आधारित विभिन्न पेशामा आबद्ध भएका छन् । कृषि पेशा अन्तर्गत फलफुल खेती गर्दै हुनुहुन्छ भने जोखिमको बेला किन डराउने ? बीमा समितिले फलफुलको पनि बीमालेख योजना जारी गरिसकेको छ । यस बीमा लेखले फलफुल खेतीमा हानि नोक्सानि भएमा रक्षावरण गर्दछ ।
क्षतिपूर्ति दिने अवस्थाहरु
फलफुलको बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा बीमा लेखले रक्षवाण गर्दछ । अर्थात यी अवस्थामा बीमा कम्पनीले क्षतिपुर्ति दिने गर्दछ ।
क्षतिपूर्ती नदिने अवस्थाहरु
फलफुल खेती धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट फलफुलकोे क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा फलफुल खेती नष्ट गर्नु पर्ने भएमा, फलफुल चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन ।
साथै, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको फलफुलको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । फलफुल धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मुल्याङक गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दावि प्रति उत्तरदायि हुने छैन् । यस्ता अवस्थामा बीमा कम्पनीले फलफुल खेतीको क्षतिपुर्ति प्रदान गर्दैन ।
फलफुल धनीले ध्यान दिनुपर्ने कुराहरु
फलफुलमा कुनै रोग किरा वा दुवै लागेमा फलफुल धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ ।
बीमकले चाहेको जुनसुकै समयमा फलफुल निरीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई फलफुल खेतीको परीक्षण गर्न दिनु पर्नेछ ।
फलफुल धनीले फलफुल खेतीको क्षति वा हानि नोक्सानि भएमा सोको ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्दछ ।
क्षतिको जानकारी प्राप्त २४ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति हानि नोक्सानिको निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म फलफुल खेती धनीले क्षति वा हानि नोक्सानिको स्थानलाई यथा अवश्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनिकरण गनै चालिएको कदमलाई यस प्रावधानले बाधा पुर्याउने छैन् ।
दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमा गरिएको फलफुलको हानि नोक्सानी भएमा सोको १५ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंकं वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ
दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका ,वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्ज््िमन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ ।