जग्गा दर्ताका नाममा ५० हजार घुस लिने कर्मचारी पक्राउ,१ लाख १७ हजार मागेका थिए


नेपालगन्ज : मंगलबार साँझ मालपोत कार्यालय बाँकेबाट अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जले एकजना कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ । जग्गा पास गर्दा सेवाग्राहीसंग ५० हजार घुस लिने खरिदार सन्जय सिंह ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।
जग्गा पास गर्दा धेरै पैसा लाग्ने भन्दै त्यसमा मिलाइदिने नाममा ठाकुरले महिला सेवाग्राहीसंग उक्त रकम लिएका थिए । स्रोतका अनुसार जग्गा पास गर्न शुक्रबारदेखि महिलाहरु कार्यालय आएका थिए । उनीहरुलाई ठाकुरले १ लाख १७ हजार रुपैया बताएका थिए । महिलाहरुले त्यो दिन नसक्ने भन्दै ठाकुर ५० हजार लिन तयार भएका बेला अख्तियार टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मितिः     ८ माघ २०७५, मंगलवार १९:३९  |