नेपालगन्ज : दिनभर परेको पानीका कारण बाँकेमा लाखौं मूल्यको इट्टामा नोक्सानी भएको छ । सिजनकै बेला पानी परेपछि भट्टामा लगाईएका इट्टा खराव भएको व्यवसायीहरुले बताएका छन् । इट्टा व्यवसायी संघ, बाँकेका अध्यक्ष जियानुल खानले इट्टालाई पानीले ठुलो मात्रामा नोक्सान गरेको बताए । क्षतीको बिबरण संकलन भइरहेको बताउँदै उनले भने,‘एकातिर कच्चा पदार्थ नपाइने टाउको दुखाई थियो अर्कोतिर पानी परेर नोक्सानी भयो । कति क्षती भएको छ भनेर बिबरण संकलन गर्दैछौं ।’
