नेपालगन्ज : केहीदिन देखि लगातार परेको पानीका कारण बाँकेको इट्टा उद्योग चौपट भएको छ । लाखौं मुल्यका इट्टा कामै नलाग्ने गरी बिग्रिएको इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खानले जानकारी दिए । अधिकांस इट्टा उद्योग खेतमा परिणत भएका छन् । सिजनकै बेला इट्टा उद्योग यसरी चौपट भएको हो ।
