१ करोड ५ लाखको टाटा हिटाचीको मेसिन


काठमाडौं – सिप्रदी अर्थमुभर्सले नेपाली बजारमा टाटा हिटाचीका हेभी इक्विपमेन्ट उपलब्ध गराइरहेको छ । कम्पनीले विभिन्न प्रकारका अर्थमुभर्स र एस्काभेटरहरु नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

टाटा हिटाचीको जेसिक्स २२० एलसी–एम (ZAXIS 220 LC-M) २२ टनको एस्काभेटर हो । यसको मूल्य १ करोड ५ लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी जेसिक्स ३३ यू (ZAXIS 33 U) ३ टनको मेसिन हो । यसको मूल्य ५५ लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीले नेपालमा उपलब्ध गराएका दुई सिरिजका एस्काभेटर मध्ये एक जेसिक्स सिरिजको भएको सिप्रदी अर्थमुभर्सका सेल्स म्यानेजर माधव अधिकारीले बताए । उनले भने, ‘यो चाहिं जापानबाट आउछ एसेम्बल मात्रै भारतमा हुन्छ ।’ अर्को ईएक्स अर्थात इकोनोमी सिरिजको एस्काभेटर हुन्छ । नेपालमा ३ टनदेखि ४७ टन सम्मका मेसिन बिक्री गरिरहेको उनले बताए ।

सरकारी कार्यालयमा नालीहरु खन्न र अन्य सामान्य कार्यका लागि ३ टनका मेसिन काम लाग्छन् भने ठूला कन्स्ट्रक्सन सम्बन्धी कार्यका लागि बढी क्षमताका एस्काभेटर काम लाग्छन् ।

टाटा हिटाचीका मेसिनको वारेमा घरमै बसेर स्याटेलाइटबाटै सबै जानकारी लिन सकिन्छ । कुन स्थानमा मेसिनको प्रयोग भइरहेको छ, कति काम गरिरहेको छ, इन्धन खपत कति भयो भन्ने वारेमा सबै जानकारी घरमै बसेर थाहा पाउन सकिन्छ । मेसिनको लेभल कस्तो छ ? यो इको वा पावर कुन मोडमा चलिरहेको छ भन्ने कुरा सबै थाहा पाउन सकिन्छ । कति बजे मेसिन स्टार्ट भयो र कति बजे बन्द भयो भन्ने कुरा समेत हेर्न सकिने अधिकारीले बताए ।

पछिल्लो पटक सिप्रदी अर्थमुभर्सले क्वेरी भर्सनको अर्थमुभर्स ल्याएको र यसको बाक्लोपन अन्य भन्दा २५ प्रतिशत बढी भएको उनले बताए । यस्तो प्रकारको अर्थमुभर्स अन्य कुनै पनि कम्पनीले नेपाली बजारमा उपलब्ध नगराएको उनले बताए ।

प्रकाशित मितिः     १२ माघ २०७५, शनिबार १६:४८  |