सोफियाका बिद्यार्थीको आर्कषक प्रस्तुतीले प्रशंसा बटुल्यो


बाँके : नेपालगन्ज – १० मा रहेको सोफिया आवासिय बिद्यालयका बिद्यार्थीहरुले सोमबार आर्कषक खेल तथा नृत्य प्रस्तुत गरेका छन् । उनीहरुको आर्कषक प्रस्तुतले प्रशंसा बटुल्यो । अतिथीदेखि अभिभावकहरुले ताली बजाएर विद्यार्थीहरुको प्रस्तुतीमा साथ दिए ।
वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत सोफियामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद कृष्णा केसी नमुना थिईन भने बिशिष्ट अतिथीमा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ का अध्यक्ष भिम ओली, वडा अध्यक्ष बिन्दुभुषण बस्नेत, जिल्ला शिक्षा समन्वय इकाईका बिद्यालय निरिक्षक उद्धव श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रमुख केबी बस्यालले गरेका थिए ।

प्रकाशित मितिः     १४ माघ २०७५, सोमबार १५:००  |