चिसोमा माछाको स्वाद


ठेलाका ‘पकवान’ नेपालगन्जको पहिचान नै हो । चोक–चोकमा ठेलामा राखेर पकाईएका चिकेन आईटम, पानीपुरी, चाट, मम, चाउमिन, हलुवा, पराठा, बिरयानी, चना,पुरी आदि खानुको मज्जा नै बेग्लै हुन्छ ।


चिसो मौसम छ यतिबेला । यो मौसममा अण्डा र माछाको परिकार खान ठेलामा झुम्मिनेको कमी हुँदैन । नर्सिङ्ग होम अगाडी ठेलामा माछा र अण्डा पकाउँदै सन्तराम । बर्षौदेखि उनी अण्डा र माछाको परिकार यसैगरी बिक्री गर्दै आएका छन् । उनको परिवार यसैबाट चलेको छ ।

प्रकाशित मितिः     १४ माघ २०७५, सोमबार २०:१२  |
error: Content is protected !!