भार्गव विकास बैंकको सञ्चालन मुनाफा सहित नाफा २ गुणाले वृद्धि


नेपालगन्ज : चालू आवको दोस्रो त्रैमासमा भार्गव विकास बैंक लिमिटेडको सञ्चालन मुनाफा सहित नाफा २ गुणाले वृद्धि भएको छ । बैंकले ६ महीनामा रू. ५ करोड २६ लाख सञ्चालन मुनाफा गरेको छ । गत आवको सोही अवधिमा रू. १ करोड ९२ लाख सञ्चालन मुनाफा गरेको थियो । बैंकको नाफा रू. ३ करोड ३१ लाख पुगेको छ । गत अवमा रू. १ करोड २२ लाख नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा ९६ दशमलव ९७ प्रतिशत बढेर रू. ८ करोड २२ लाख पुगेको छ । बैंकको चुक्तापूँजी ९० प्रतिशत बढेर रू. ५० करोड १६ लाख पुगेको छ । बैंकले रू. २ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ४१ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव २२ रहेको छ । आर्थिक अभियानबाट

प्रकाशित मितिः     १५ माघ २०७५, मंगलवार २०:१७  |