बैकिङ्ग कसुर बढ्दै


बाँके : प्रदेश नम्बर ५ का बैकिङ्ग कसुर तथा सांगठनिक आर्थिक अपराध बढ्दै गएको छ । जुवादेखि बैंकमा हुने ठगीका मुद्दाहरु धमाधम प्रहरी कार्यालयमा पुग्न थालेका छन् । बैंकिङ्ग कसुर तथा संगठित आर्थिक अपराध चुनौतीपुर्ण बन्दै गएको प्रहरीले महसुस गरेको छ ।


प्रदेश नम्बर ५ प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र संगठित आर्थिक अपराध र बैकिङ्ग कसुर समबन्धी ५ सय ३१ उजुरी परेको छ ।  ४ सय ४८ संगठित आर्थिक अपराध सम्बन्धी र  ८३ बैंकिङ्ग कसुरका रहेका छन् ।  प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीले नयाँ कानुन आएपछि बैकिङ्ग कसुर सम्बन्धी मुद्दा प्रहरीमा आउने क्रम बढेको बताए ।

प्रकाशित मितिः     १६ माघ २०७५, बुधबार ११:२८  |
error: Content is protected !!