हुन्डाईको विद्युतीय कार ‘कोना’ सार्वजनिक, मूल्य ५२ लाख रुपैयाँ


नेपालगन्ज : हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ विद्युतीय कार ‘कोना’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार तिनकुनेस्थित शोरूममा उक्त कार सार्वजनिक गरेको हो । यो नेपालको पहिलो विद्युतीय सब कम्प्याक्ट एसयूभी कार  हो ।

पर्मानेन्ट म्याग्नेट साइनक्रोनस मोटर इन्जिन रहेको कोेनाले सय किलोवाट अधिकतम पावर र ३ सय ९५ एनएम टर्क पैदा गर्दछ । यो कार १ सय ५५ किलोमिटर प्रतिघण्टाको स्पिडमा एक पटकको चार्जमा कम्तीमा ३ सय मिटर गुड्ने कम्पनीले बताएको छ । यसमा कति बेलासम्म र कति प्रतिशतसम्म चार्ज गर्ने भनेर सेट गर्न सकिन्छ । सेट गरिएको समयपछि चार्ज आफैं बन्द हुन्छ । यस कारमा एलइडी डीआरएलएस हेडल्याम्प, अगाडि चार्ज पोर्ट, विद्युतीय पार्किङ ब्रेक, प्याडल सिफ्टर, हिल एसिस्ट कन्ट्रोल, वायरलेस फोन चार्जर जस्ता विशेषता रहेका
छन् । रिभर्स पार्किङ सेन्सर र ब्याक भ्यू क्यामेरा राखिएको यो कारमा प्रयोग भएको हाइ स्ट्रेन्थ स्टिलले दुर्घटना रोक्न मद्दत पु¥याउँछ । पूर्णरूपमा चालकको अधीनमा रहने भएकाले यो कार सुरक्षाको हिसाबले उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।


यसले गत वर्ष उत्कृष्ट १० इन्जिनको अवार्ड र केही समयअघि उत्कृष्ट युटिलिटी भेहिकलको उपाधि जितेको थियो । विद्युतीय गाडीलाई सरकारले नै प्रोत्साहन गरिरहेको बेला ल्याइएको कोना ईभी यस मोडलको सबैभन्दा पछिल्लो संस्करण हो । कालो छतमा सेतो, कालो, सामान्य नीलो र रातो गरी चार रङमा उपलब्ध यो कारको नेपाली मूल्य ५१ लाख ९६ हजार राखिएको छ ।

प्रकाशित मितिः     १७ माघ २०७५, बिहीबार २१:२७  |
error: Content is protected !!