घरदेखि होटलसम्म जुवाडे खोज्दै प्रहरी, पुष्पलालचोकबाट एकै साथ दश जना पक्राउ


बाँके : नेपालगन्जमा हुने जुवा बिरद्ध प्रहरीले कारवाही थालेको छ । बिहिवार साँझ मात्र प्रहरीले नेपालगन्ज पुष्पलालचोकमा रहेको माछापुच्छ्रे होटलबाट जुवा खेलिरहेका दश जना जुवाडेलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले जानकारी दिए ।
बिशेष सूचनाका आधारमा प्रहरीले उक्त होटलमा छापामारेको थियो । जुवा हुने गरेको सूचना पाएपछि प्रहरीले छापामार्ने क्रममा दश जुवाडे सहित उनीहरुको साथबाट दुई लाख दश हजार समेत बरामद भएको छ । पक्राउ परेकाहरु कोही नेपालगन्जकै हुन भने बाहिरबाट जुवा खेल्न आएका पनि छन् । उक्त घटनाका सम्वन्धमा आवश्यक छानबीन गरि कार्बाही प्रक्रिया जारी रहेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज डांगीले जानकारी दिए ।
नेपालगन्जमा घरदेखि होटलसम्म पेशेवररुपमा जुवा खेल्ने गरेको पाईन्छ । यहाँ जुवा खेल्ने बाहिरबाट समेत मानिसहरु आउने गरेका छन् । अब त्यस्ता गतिबिधि पूर्णरुपमा नियन्त्रण गर्ने गरी प्रहरीले अभियान चलाइरहेको प्रहरी निरिक्षक डाँगीले बताए । स्रोतका अनुसार जुवाडे बिरुद्ध प्रहरलिे अझै आक्रमकरुप कारवाही सुरु गर्दैछ । घरदेखि होटलसम्म जुवा खेल्ने बिरुद्ध कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः     १७ माघ २०७५, बिहीबार २१:१६  |