जाँगरिला महिला कृषक जो नेपालगन्जलाई ताजा तरकारी खुवाउँछन्


बाँके : तल तस्बिरमा देखिएका थारु समुदायका महिला कृषकहरु हरेक बिहान यसैगरी लस्करी लागेर नेपालगन्जमा तरकारी बिक्री गर्न बस्छन् । बाँके र बर्दियाका ग्रामिणक्षेत्रबाट आएका यि मेहेनती महिला कृषकहरुले अरु जस्तो गुणस्तरहिन तरकारी बिक्री गर्दैनन् । अघिल्लो दिन बारीबाट टिपेको तरकारी एकाबिहानै नेपालगन्ज भित्रा्उँछन् । उपभोक्ताले पनि ताजा बासी होइन ताजा तरकारी भान्सामा पकाउँन पाउँछन् । धम्बोझीस्थित कृषी बैंकको अगाडी लस्करै लागेर बस्छन् । त्यहाँ बिक्री नभए हिड्दै नेपालगन्जका घर -घरमा पुग्छन् । थारु समुदायका महिलाहरु बारीमा तरकारी उत्पादनदेखि बिक्रीसम्म आफै गर्छन ।

प्रकाशित मितिः     १९ माघ २०७५, शनिबार ०७:५८  |