चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ


बाँके : बैंक तथा बित्तियक्षेत्रले चर्को ब्याजदर कायम गरेको बिरोधमा नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ । चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै देशका बिभिन्न शहरमा प्रदर्शन भइरहेका बेला नेपालगन्जमा समेत आन्दोलनको तयारी गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी
दिए ।

उनका अनुसार सोमबार नेपाल राष्ट्रको नेपालगन्ज कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । व्यवसायीहरु ¥याली सहित चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने तयारीमा छन् । अध्यक्ष बैश्यले ढुक्कका साथ लगानी गर्न योग्य वातावरण बन्दै गएका बेला बैंक तथा बित्तियक्षेत्रले अव्यवहारिकरुपमा चर्को ब्याजदर लिने कार्य गर्नाले लामो राजनीतिक संक्रमणकालबाट मुक्ती पाएका उद्योगी, व्यवसायीलाई फेरी पनि मर्माहत बनाएको बताए ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले एकतर्फीरुपमा बैंक तथा बित्तियक्षेत्रबाट लागु गरिएको चर्को ब्याजदरले नेपालगन्जका उद्योगी, व्यवसायीहरु समेत मर्कामा परेको अवस्था रहेको उल्लेख गरे । उनले भने,–‘चालु अवस्थामा रहेका योजनाहरुमा लागत बढेको छ भने नयाँ योजना ल्याउन उद्योगी, व्यवसायीहरु डराउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

प्रकाशित मितिः     १९ माघ २०७५, शनिबार १०:४६  |
error: Content is protected !!