सातौं राष्ट्रिय खेलका स्वर्णपदक बिजेतालाई नेपालगन्ज सम्मान


बाँके १९ माघ : क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ नेपालगन्जले स्वर्णपदक प्राप्त खेलाडीहरुलाई शनिवार नेपालगन्जमा सम्मान गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेदकुद विकास समितिको तर्फबाट रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरे ।
सम्मानित हुनेमा एथ्लेटिक्समा दुई स्वर्ण पदक विजेता यमसाजन सुनार (जाजरकोट),सुटिङ्गको समूह विजेता रहेको टोलीका सदस्यहरु बाँकेका संयोगकृष्ण श्रेष्ठ र दाङ्गका अर्नव घिमिरे र पवन घिमिरे, सुटिङ्गकै कृष्णा थापा(बाँके), भारत्तोलनका प्रकाश केसी (बाँके), उसुका दीपक हमाल (सुर्खेत), जुडोका सोनु भट्ट(बाँके), कुस्तीका रमेश न्यौपाने (बाँके) र सप्mटट टेनिशका मेघा श्रेष्ठ बाँकेलाई सम्मान गरिएको
हो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्स, सुटिङ, सफ्टटेनिस, भारोत्तोलन, उसु, जुडो लगायत खेलका गोल्ड मेडलिष्ट यस क्षेत्रका खेलाडीलाई जनही नगद १० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेल क्षेललाई आगाडी बढाउनका लागि यसै बर्ष देखि प्रदेश ५ को सबै स्थानीय तहमा मुख्यमन्त्री रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने बताए ।

मन्त्री बरालले नेपालगञ्जमा हुन गइरहेको आठौ राष्ट्रिय खेलकुद केबल खेलाडीहरु बीच मात्रै नभै सिङगो प्रदेशमा आर्थिक गतिबिधि परिचालन हुने भएकाले, नेपालगञ्ज उपमहानगरपालिका लगायत बिभिन्न स्थानहरु आर्थिक बिकासमा आगाडी बढ्ने बताए । खेलाडीहरुलाई नगद र सम्मानपत्र प्रदान गर्दै मन्त्रि बरालले नेपाल अन्तराष्ट्रिय स्तरमा सगरमाथा र गौतम बुद्धका कारणले मात्रै नभै खेलकुदमा हासिल गरिएका पदकका कारणले बिश्वमा चिनाउन सफल भएको बताए । त्यसै गरी प्रदेश सांसद कृष्ण केसी नमुनाले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि प्रदेश सरकार र आप्mनो व्यक्तिगत तर्पmबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


यस्तै नेपालगञ्ज उपमाहानगरपालिकाका उपमेयर उमाथापा मगरले आठौ राष्ट्रिय खेलकुदमा स्वार्ण पदक ल्याउनका लागि क्षेत्रिय खेलकुद बिकास समितिसंग अगाडी दिनमा समन्वय गरेर जाने बताए । कार्यक्रम क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष भिम वलीको अध्यक्षतामा स्वर्णपदक प्राप्त खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने पुर्व घोषणा बमोजिम सहयोग गरिएको बताए ।

प्रकाशित मितिः     १९ माघ २०७५, शनिबार १७:२१  |