वडा स्तरीय बालक्लब सञ्जाल नेपालगन्ज १०को अधिवेशन सम्पन्न


नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्तरीय बालक्लब सञ्जालको प्रथम अधिवेशन सम्पन्न भएको छ । गणेश मन्दिरको सभाहल भित्र भएको कार्यक्रमबाट १३ सदस्य कार्यसमिति बनेको छ । अधिवेशनबाट आदित्य सिंह थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत रुपमा भएको अधिवेशनबाट अध्यक्षमा आदित्य सिंह थापा, उपध्यक्षमा प्रचारिका केसी, सचिवमा बसन्त बस्नेत, सहसचिवमा स्नेहा शर्मा, कोषाध्यक्षमा रवि कुमार गुप्ता र सदस्यहरुमा प्रविण मिश्र, भुपेन्द्र संजेल, मुस्कान शाहु, हिना शेष, अतित अधिकारी,स्नेहा शाह, कायनात शेष, स्नेहा वैश्य चयन भएको निर्वाचन समिति संयोजक बसन्ता जोशीले बताइन् ।

नेपालगन्ज वडा स्तरीय बालक्लब सञ्जाल वडा नं. १० का अध्यक्ष ऋतिक शाहीको अध्यक्षता र नेपालगन्ज उपमहानगरपालिका वा नं. १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १० नं. वडाकी समाजीक परिचालक रजनी खनाल, नेपाल पत्रकार महासंघ प्रदेस ५ का सचिव शुक्रऋषि चौलागाई, वडा सदस्य बसन्ता जोशीले आफ्नो मन्तव्य मार्फत बालक्लबको कामहरुको प्रसंशा गरेका थिए । वडा अध्यक्ष विन्दुभुषण बस्नेतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै गत कार्यसमिति झैँ सर्वत्कृष्टताको अपेक्षा यस समितिमाथी आफुले राखेको बताए र बालबालिका सम्बन्धि कार्यमा आफुँ सधैव अग्रमी रुपमा लाग्ने कुरा खुलस्त गरे ।


प्रकाशित मितिः     १९ माघ २०७५, शनिबार २०:२१  |
error: Content is protected !!